गिरफ्तार गरिएकाहरूलाई बिनासर्त रिहा गर : विषम

 

पुस १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा पूर्वी केन्द्रीय कमान्ड इन्चार्ज विषमले गिरफ्तार गरिएका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई बिनासर्त रिहा गर्न माग गर्नु भएको छ ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विषमले आफ्नो पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल ‘शिलु’ लगायत ९ जना नेता–कार्यकर्ताहरूलाई मोरङ र सुनसरीका विभिन्न स्थानबाट गिरफ्तार गरेको भन्दै उक्त गिरफ्तारी निन्दनीय भएको बताउनु भएकाे छ ।

 

साथै उहाँले सरकार राष्ट्रियताको आन्दोलनमा सहभागी देशभक्त र क्रान्तिकारीहरुलाई दमन अभियानमा उत्रिएको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियता सर्वाधिक खतरामा परिरहेको यो समयमा देशलाई राष्ट्रवादी, देशभक्त, क्रान्तिकारी, लोकतन्त्रवादी र देशलाई माया गर्ने सम्पूर्ण शक्तिहरू एकजुट हुनुपर्ने बेला आएको छ । साथै कमरेड शिलुलगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई बिनासर्त रिहा गर्न र नगरे त्यसबाट निस्कने परिणामको जिम्मेवार स्वयम् सरकार नै हुनुपर्ने चेतावनी दिन चाहन्छौँ ।’

विज्ञप्तिकाे पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस