दुई दशक भयो, सेनाले मारेका एक निर्दोश शिक्षक कमल दाहालको परिवारले अझैं न्याय पाएनन्

१७ पुस,वाँके । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीको आरोपमा वाँकेको वैजनाथ गाउँपालिका वडा नम्वर ५ जी गाँउका एक निर्दोश शिक्षक कमल दाहालको तत्कालिन नेपाली सेनाले हत्या गरेको शनिवार २० वर्ष पुग्यो ।

उहाँलाई वाँकेको चिसापानी सैनिक व्यारेकवाट गस्तीमा गएको नेपाली सेनाले माओवादीको आरोपमा २०५८ साल पुस १६ गते उहाँले पढाउने श्री प्रभात माध्यमिक विद्यालयको हाता जी गाउँ वाटै गिरफ्तार गरिएको थियो ।

गिरफ्तार पश्चात चिसापानी सैन्य व्यारेकमा चरम याताना दिएर पुस १७ गते हत्या गरियो । तर सेनाले भने सरकारी मिडियामा माओवादी आतंककारी संगको भिडन्तमा घेरातोडन खोज्दा मारिएको सार्वजनिक गर्यो । उहाँको हत्या भएको २० वर्ष पुगेपनि उहाँको परिवारले अझै न्याय पाएको छैन ।

व्यारेकको तत्कालिन क्याम्टेन रमेश स्वारको निर्देशनमा खटिएको सेनाको टोलीले गिरफ्तार गरेको थियो । उहाँ माध्यमिक तहको स्थायी शिक्षक समेत हुनुहुन्थ्यो । उहाँको ३ छोरी, १ छोरा र श्रीमती हुनुहुन्छ । उहाँ कुनै माओवादी सेना र कार्यकर्ता हुनुहुदैन थियो ।

उहाँ मात्र वालवालिकालाई शिक्षाको उज्यालो ज्योति दिने एक इमान्दर शिक्षक हुनुहुन्थ्यो । तत्कालिन सरकार र नेपाली सेनाले उहाँलाई माओवादीको सेना देख्यो र गिरफ्तार गरि हत्या गर्यो । यो घटनाले सरकारले मानवअधिकारको गम्भीर उलंघन गर्यो ।

हत्या भएको दुई वर्ष पुग्दा पनि उहाँको परिवारले घटनामा संलग्न हत्यारा माथि कार्वाही गरिएको समाचार पाउन सकेका छैनन् । परिवारका आँखा अझै रसाउन छोडेका छैनन् । आफन्त आउछन कि भन्ने आशा पनि छ । त्यो आशा विस्तारै निरासामा पुगिसक्यो । हत्या भएको दुई दशक भयो ।

नेपालमा शान्ति प्रक्रिया सुरु भएको पनि १५ वर्ष पुग्यो । सकारकाले सत्य निरुपण तथा मेलमिलाप आयोग वनाएको पनि एक दशक वढि भइसक्यो । तर जनयुद्धको वेला राज्यपक्षवाट अमानविय तरिकाले गिरफ्तार गरि हत्या गरिएका,वेपत्ता पारिएका घरपरिवाले कहिले न्याय पाउने ? यो प्रश्न सर्वत्र उठेको छ ।

द्धन्द्धका घाउहरु अझै आँखा अगाडि झल्झल्ति घरपरिवारले सम्झिरहेका छन । राज्यपक्षले यसरी हत्या गरेका जनयुद्धका सहिदहरु राज्यका साझा सहिद पनि हुन पाएका छैन । घरपरिवारहरु राज्यले सहिद पनि घोषणा नगर्ने र घटनाका अपराधिहरुलाई कार्वाही पनि नगर्ने कुराले अझै पीडित भएका छन ।

उनीहरुको मनमा शान्ति छाएको छैन । माओवादी आन्दोलनको नेतृत्व गर्नु भएका प्रचण्डको माओवादी केन्द्र धेरै पटक सत्ता सम्म पुग्यो । अहिले पनि सत्तामा नै छ । जनयुद्धका सहिदहरु राष्ट्रिय सहिद हुन सकेका छैनन् । सहिद कमलका आफन्तले प्रचण्डले जनयुद्धका सहिद र उनको सपना माथि गद्धारी गरेको आरोप लगाएका छन ।

सहिद कमलको आज २० औं स्मृति दिवस पनि हो । यो अवसरमा उहाँलाई विशेष स्मरण गरिएको छ । एक निर्दोश शिक्षक भएपनि राज्यले माओवादी आरोपमा हत्या गरेकाले उहाँलाई अव राष्ट्रिय सहिद वनाउनु पर्ने परिवारले माग गरेका छन ।

उहाँको हत्या गर्नुको मुख्य कारण उहाँका भाई राजन दाहाल र वहिनी पुष्पा दाहाल माओवादी कार्यकर्ता भएकैले हुनसक्ने परिवारको अनुमान छ । भाई र वहिनी माओवादीमा लागेकै कारण एउटा निर्दोस शिक्षकको हत्या गर्नु अपराधी तथा मानवअधिकारको ठाडो उलंघन भएको भतिजा राकेस दाहालले वताउनु भएको छ ।

उहाँको हत्या पछि लास समेत सेनाले परिवारलाई नदिएर व्यपत्ता पारेको थियो । हत्या गरिएको समाचार मिडियावाट दिएपनि लास भने सेनाले घरपरिवारलाइ वुझाएको थिएन । यस्तो दुखद घटनाहरु राज्यपक्षले देशभर घटाएको छ । यो त एउटा प्रतिनिधि मुलक घटना मात्र हो । यस्ता अपराधमा संलग्न अपराधीहरुलाई कडा कार्वाही हुनुपर्ने पीडित परिवारको माग छ ।

 

प्रतिक्रिया दिनुहोस