एकीकृत क्रान्ति मार्क्सवादको नयाँ प्रयोग र आयाम हो: प्रकाण्ड

१८ बैशाख, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा अगाडि बढिरहेको एकीकृत क्रान्ति भनेको मार्क्सवाद, लेनिनवाद र माओवादको नेपाली मौलिकता र बिशेषतामा आधारित नयाँ प्रयोग र नयाँ आयाम भएको बताउनु भएको छ ।

१ सय ३४ औं अन्तरास्ट्रिय मजदुर दिवसको सन्दर्भमा काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले यस्तो बताउनु भएको हाे ।

प्रवक्ता प्रकाण्डले “एकीकृत क्रान्तिको कार्यदिशालाई नेपाली क्रान्तिको ठोष परिस्थितिमा प्रयोग गर्दै जादा एकातिर नयाँ संभावना र संकटहरु देखा परिरहेका छन, त्यसको समाधान र जनताको मुक्तिको चाहाना जनतामा छ “उनले भने -अर्कोतिर साम्राज्यवाद र दलाल पुँजीवाद मुख्य खतराको रुपमा अगाडि आईरहेको छ, यी सबै कुरालाई ध्यान दिएर नेपालका क्रान्तिकारीहरु र कम्युनिस्टहरुलाई ध्रुवीकरण र एकीकृत गर्नु ऐतिहासिक आवश्यकता छ। त्यो ऐतिहासिक दायित्वको पछिल्लो कडी र पहलकदमी नै कम्युनिस्ट पार्टीहरु बिचको एकता र ध्रुवीकरण हो।”

सोमबार नेकपा र श्रमिक जनता पार्टीबिच भएको एकता कार्यक्रममा महासचिव विप्लव सीकाे अध्यक्षता रहेको थियो भने नेकपा स्थायी समिति सदस्य बिषम सी, अनिल सी, शिलु सी, भरत सी लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

एकता घोषणा सभामा श्रमिक जनता पार्टीका जीवन्तले मन्तव्य राख्नु भएको थियोे भने स्थायी समिति सदस्य सुशीलले स्वागत मन्तव्य राख्दै कम्युनिस्ट आन्दोलनका दुई प्रवृति: संसदवाद र बहिष्कारवाद विरुद्ध संघर्ष गर्दै एकीकृत क्रान्ति बिजय हुने धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस