बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले जिल्लामा ९ वटा नयाँ पार्टी संगठनको निर्माण गरेको छ । नेकपा बाँकेले करिब एक महिनादेखि जिल्लामा सञ्चालन गरेको ‘संगठन गठन पूनर्गठन,सुदृढ तथा विस्तार अभियान’ को शिलशिलामा ९ वटा नयाँ पार्टी संगठनहरु निर्माण गरेको हो ।
नेकपाले जिल्लाका ८ वटा पालिकाहरु मध्य ६ वटा पालिकामा पालिकास्तरिय संगठन निर्माण गरेको छ भने २ वटा पालिका खजुरा र बैजनाथमा गठन गर्न बाँकी छ । जिल्लामा ३ वटा वडाहरुमा नयाँ पार्टी संगठनहरु निर्माण गरेको जनाएको छ ।
अभियानका क्रममा गत भाद्र १८ गते कोहलपुर नगरपालिकामा अशोक सी सेक्रेटरी रहने गरी नेकपाले ९ सदस्सीय नगरकमिटी गठन गरेको छ ।
नेकपाले राप्ती सोनारी गाउँपालिकामा ठग्गु प्रसाद पोखरेल सेक्रेटरी हुने गरी असोज ३ गते ९ सदस्सीय पालिका कमिटि गठन गरेको छ ।
यस्तै नरैनापुर गाउँपालिकामा गुलम महत सेक्रेटरी हुने गरी असोज ५ गते ९सदस्सीय पालिका कमिटी गठन गरेको छ ।
नेकपाले डुडुवा गाउँपालिकामा पनि पालिकास्तरीय कमिटि गठन गरेको छ । त्यहाँ असोज ७ गते राधेश्याम कुर्मी सेक्रेटरी हुने गरी १३ सदस्सीय पालिका स्तरिय कमिटी गठन गरेको हो ।
नेकपाले नेपालगन्ज उप –महानगरपालिकामा सागर सी सेक्रेटरी हुने गरी २१ सदस्सीय नगरकमिटी गठन गरेको छ ।
यस्तै जानकी गाउँपालिकामा असोज १४ गते अञ्चल भाट सेक्रेटरी हुने गरी ९ सदस्सीय पालिका कमिटी गठन गरेको छ । नेकपाले कोहलपुर नगरपालिकाका तीनवटा वडा वडानम्वर ४,५ र ११ मा क्रमशः ९,७ र ११ सदस्सीय वडापार्टी कमिटी समेत गठन गरेको जनाएको छ ।
नेकपा बाँकेका जिल्ला इन्चार्ज तथा पिविएम रक्तिम सीले बाँकेमा पार्टी जनताको घरदैलोमा फर्किएको दाबी गरे । उनले पार्टीसंगठन निमार्णका लागि आफै पालिका– पालिका र वडा –वडाहरुमा पुगेकोे बताए । उनले अभियानका क्रममा सहिद परिवार,बेपत्ता परिवार, घाईते योद्धा,पुराना माओवादी कार्यकर्ता र जनतासंग भेटघाट तथा साक्षात्कार गरेको बताए ।
अभियानमा जिल्लाको सेक्रेटरी,सीसीएम नारायण लम्साल, केन्द्रीय प्रतिनिधि समिति सदस्य सलमान,भगत लगायतका नेता कार्यकताहरु खटिएको इन्चार्ज रक्तिमले जानकारी दिए ।
उनले जिल्लामा जनतामा नेकपाप्रति जनताको आकर्षण वढेको पाईएको बताए । डुडुवा गाउँपाकिलामा जनताले ‘विप्लव आउ देश बचाउ’ सम्मको नारा लगाएको बताए ।
उनले अभियानका क्रममा साम्राज्यवादका विरुद्ध लड्न,दलाल पुँजीवादका विरुद्ध लड्न सबै कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने र एकीकृत जनक्रान्तिको मोर्चामा लामबद्ध हुनुपर्ने जनतासम्म भनेको बताए ।
उनले ज्वाला खवरलाई भने ‘जनता नेकपावाट आसा गरेको छ, आकर्षण छ, तर हामी जनतासम्म पुग्न नसकेर जनता अन्यौल छ, जनतालाई संगठित गर्न र पार्टीको कुरा बुझाउन घरदैलोमा जानु पर्छ ।’
नेकपा बाँकेले खजुरा र बैजनाथ गाउँपालिकामा पनि छिट्टै पालिका स्तरिय पार्टी कमिटी गठनको तयारी गरेको जनाएको छ । वाँकेमा पार्टी संगठन व्यवस्थित बनाउन जिल्ला पार्टीले सञ्चालन गरेको अभियान प्रभावकारी रुपमा जारी छ ।
प्रतिक्रिया दिनुहोस