वाघको आक्रमण वाट वेपत्ता महिलाको शव भेटियो


१८ पुुस बर्दिया । बर्दियामा बाघले मोटरसाइकलमा सवार महिलालाई सुक्रवार झम्टेर वेपत्ता वनाएको शव आज भेटिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा सवार ती महिलामाथि बाघले आक्रमण गरेको हो ।
कैलालीको लम्किचुहा नगरपालिका–४ कि ५० वर्षीया नन्दकला थापालाई पाटे बाघले झम्टेर सुक्रवार वेपत्ता वनाएको थियो । मोटरसाइकल चालक उहाँका छोरा सामान्य घाइते हुनु भएको छ ।
शुक्रबार राति करिव साढे ८ बजेतिर बाघले मोटरसाइकल सवार यात्रुमाथि आक्रमण गरेपछि निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीसहित खोजीमा जुटेर आक्रमण गरिएको स्थान देखि ५०० मिटर पर शव भेटिएको े निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।
निकुञ्जले सो क्षेत्रको राजमार्गमा मोटरसाइकल, साइकल र पैदल हिँड्न समेत प्रतिबन्ध लगाएको पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस