१८ पुस,सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडग्वहादुर विश्वकर्मा (प्रकाण्ड)ले जनमसंग्रहको चुनावको लागि जनतामा माहोल वनाउन निर्देशन दिनु भएको छ ।
जिल्ला समिति सुर्खेतको १७ औं पूर्ण वैठकलाई आईतवार सम्वोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले यस्तो निर्देशन दिनु भएको हो । उहाँले अहिलेको दलाल संसदीय व्यवस्था पूर्ण रुपमा जनतामा नकाम सावित भइसकेको र जनताले नयाँ विकल्प चाहेको वताउनु भयो । उहाँले भन्नु भयो अव “संसदीय व्यवस्था र त्यसको संरक्षण गर्ने संसदीय चुनाव होइन,जनताको वैज्ञानिक समाजवाद चाहियो ।”
नयाँ विकल्पका लागि तपाईहरु जनतामा जानुहोस् ,वैज्ञानिक समाजवादको लागि जनमतसंग्रहको चुनावको वातावरण वनाउनु होस् प्रवक्ता प्रकाण्डको भनाई छ । उहाँले पार्टीले गरेको तीनवुदे सहमति देश र जनताको हितमा भएको जिकिर गर्दै आफ्नो पार्टी आत्मसमर्पण गरेर,जनताको एजेण्डा छोडेर नआएको प्रष्ट्याउनु भयो ।
वरु सरकारले तीन वुदे सहमति कार्यान्वय नगरेर देश र जनता प्रति वेइमान गरेको टिप्पणी गर्दै सरकारलाइै तीनवुदे सहमति यथाशिघ्र कार्यान्वय गर्न आग्रह गर्नु भयो । वैठकमा नेकपाका केन्द्रीय सदस्य एटमले पार्टीमा साना तिना समस्या आउने गरेपनि त्यसलाई समाधान गरेर अगाडि वढ्नु क्रान्तिकारी रुपान्तरण हुने वताउनु भयो ।
वैठकले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि जनचेतना फैलाउदै आन्दोलित गर्ने,जनमसंग्रहको माहोल वनाउने,जनतामा अभियानात्मक रुपमा जाने,संगठन सुदृढ र विस्तार गर्ने, राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्ने,जनताका विचमा हुने भ्रटाचार,अनियमिता लगायतका खरावी विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।
नेकपा सुर्खेतका जिल्ला सेक्रेटरी धुव्रको अध्यक्षतामा शनिवार देखि जारी वैठक आइतवारै सकिने नेकपा सुर्खेतले जनाएको छ ।