म्यानमारको सेनाविरुद्ध कदम चाल्ने अमेरिकाको चेतावनी


२० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिनु भएको छ ।
म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको छ । साथै एक वर्ष संकटकालको घोषणा गरेको छ ।
म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध जनाउनु भएको छ । उहाँले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भन्नु भएको छ । अन्यथा ‘उचित कदम’ चाल्ने बाइडनले चेतावनी दिनु भएको छ । म्यानमारमा भएको सैनिक ‘कू’को विश्वभरबाट विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस