कालिकोटमा पत्रकार महासंघको साधारणसभा सम्पन्न

 माघ २०, कालिकोट । नेपाल पत्रकार महासंघ कालिकोटको १३औँ वार्षिक साधारणसभा मंगलवार सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।

‘सत्यतथ्य, निषपक्ष पत्रकारिता जिम्मेवार र जवाफदेही पत्रकारिता’ भन्ने मुल नाराका साथ १३ औं साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभामा कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीले शासन व्यवस्था परिवर्तनका लागि पत्रकारको ठूलो भूमिका रहेको र अझै उत्तिकै जिम्मेवारी रहनु पर्ने वताउनु भएको छ । उहाँले जिम्मेवारी भएर सत्य तथ्य सुचना सम्प्रेषण गर्न पनि पत्रकारहरुलाई आग्रह गर्नु भयो ।

पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले पत्रकार आचारसंहिता पालना तथा कार्यान्वयनमा जोड दिँदै पत्रकार र पत्रकारीता पेशालाई थप मर्यादित बनाउन पहल गर्नु आवश्यक रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ कालिकोट शाखाका सचिव खडानन्द अधिकारीले असुविधाका कारण वास्तविक घटनालाई सही समयमा सम्प्रेषण गर्न कठिनाई भएको बताउनु भयो ।

साधारण सभाले भवन थप व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई आर्थिक सहयोगको लागि माग गर्ने निर्णय गरेको छ ।

सभामा आर्थिक वर्ष २०७६–०७७ मा ३७ जना नयाँ सदस्य नेपाल पत्रकार महासंघ कालिकोटमा सिफारिस गरिएको जानकारी गरिएको थियो ।

पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस