अन्ततः प्रचण्डलाई उल्लु बनाए ओलीले !

बसन्त विक

कुर्सीका लागि जे पनि गर्ने नेताहरुको बानी नेपाली राजनीतिमा अनौठो होईन । मात्र, यत्ति होकी कसले कसलाई उल्लु बनाउने ? र कसरी बनाउने ? प्रचण्डले आफूलाई उल्लु बनाएको महसुस गरेका केपी ओलीले प्रचण्डलाई पनि उल्लु बनाउने कुरा अन्यथा होईन ! तर पछिल्लो चरणमा एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिचको सहकार्य लामो जाने अनुमान थियो ।
कम्युनिष्टहरु बिचको सहकार्य हुदै एकतासम्म जाने परिचर्चा थियो । यसले नेपालको कम्युनिष्ट जनमतलाई हौसला दिएको थियो । कम्युनिष्टहरु बिचको सहकार्यले वामपन्थी आन्दोलनमा सहयोग पुग्ने अनुमान थियो । नेपालको अस्थीर राजनीतिक संकटको निकास कम्युनिष्टहरु मिलेर दिन सक्ने आसा थियो । यो आसा केही समयका लागि भत्किएको छ । नेपाल फेरी फोहोरी संसदीय कुर्सीको खेलमा डुबेको छ ।
हुनतः कम्युनिष्टहरुको विगतका व्यवहारहरुले उनीहरु बिचको सहकार्य लामो जान्छ भन्नेर पत्याउन मुश्किलै थियो । किनकी ? एमाले माओवादी पार्टी एकता र विभाजनको नकरात्मक घटना ताजै थियो । यस्तै एमालेसंगको सत्ता गठबन्धन भत्काएर प्रचण्डले कांग्रेससंग सत्ता गठबन्धन बनाएको कुरा पनि थियो । यसले नेकपा एमालेका अध्यक्ष ओलीलाई भित्रै देखि प्रचण्डप्रति आक्रोस तथा बदलाभाव थियो भन्न सकिन्छ ।
जसलाई व्यवहारमा उतार्न उनले लामो सयम कांग्रेस र माओवादी बिचको सत्ता गठबन्ध भत्काउने योजना बनाए । उनले बनाएको योजना अन्ततः सफल पनि भयो । तर उनको योजना त्यत्तिमात्र थिएन । उनको योजना सत्ता गठबन्धनमा बेला– बेला प्रचण्डले दिएको धोकाको बदला लिनु थियो । जसरी प्रचण्डले केपी ओलीलाई उल्लु बनाएका थिए, त्यसैगरी ओलीले प्रचण्डलाई पनि उल्लु बनाउनु थियो । त्यसको गृहकार्य सोमवार राति ओलीले पुरा गरेका छन । उनले प्रधानमन्त्री प्रचण्डसंग सत्ता गठबन्धन केही हुदैन भनिरहेको बेला भित्र –भित्रै सत्ता गठबन्धन बदल्ने काम गरे । उनले कांग्रेस सभापति शेरवहादुर देउवासंग सत्ता सहकार्य गर्ने भनेर राति साढ्े १२ बजे हस्तक्षेर गरे । यो घटनाले नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्ड आश्चार्यमा परे ।

आखिर किन यसो गरे ओलीले ?

प्रधामन्त्री प्रचण्ड पनि अस्थिर खेलाडी हुन । उनले डेढ बर्षको समयमा ३ पटक सत्ता गठबन्धन फेरेका छन् । बेला –बेला कहिले एमाले त कहिले कांग्रेसलाई उल्लु बनाएका प्रचण्डलाई अहिले ओलीले उल्लु बनाएका हुन । तीन पटक गठबन्धन फेरेका प्रचण्ड नेतृत्वको सरकार अब विघटन हुने निश्चित जस्तै छ । यो सबै हुनुको मुख्यकारण एकातिर सरकारले भ्रष्टहरुको फाईल खोल्दै गएपछि ठुला माछा तानिने भयले भएको हुन सक्ने केहीले अनुमान गरेका छन । अर्कोतिर प्रचण्ड र ओली बिचको बदलाभावको परिणाम हुन सक्ने पनि भनि अनुमान गर्नेहरु छन । सरकारमा हुदा केही राम्रा काम गर्ने प्रचण्डले गरेको प्रयास असफल पार्नु ओलीको दाउ हुनसक्छ । ओलीले कम्युनिष्टहरु भित्रको आफू विरुद्धको प्रतिस्पर्धी पात्र प्रचण्डलाई देखेका छन । एमाले माओवादी बिच पार्टी एकता पछिका घटनाक्रमहरुले पनि ओलीलाई प्रतिरोधी बनायो । एमाले माओवादी पार्टी एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को बैठकमा ओली विरुद्ध प्रचण्डले पेश गरेको १७ पृष्ठ लामो दस्तावेज पनि ओलीको लागि प्रतिशोधी थियो ।
प्रचण्डले केपी विरुद्ध १७ बुदे प्रस्ताव नभएर बम भएको बताउने गरेका थिए । सोही दस्तावेजको कारण अन्ततः नेकपा विभाजनसम्म पुग्यो । त्यतिबेला माधव नेपाल र झलनाथ खनालले प्रचण्डको दस्तावेजमा साथ दिएका थिए । जसका कारण ओली यी तीन नेताप्रति कहिलै सकरात्मक भएनन । माधव नेपालले पनि ओलीलाई नै छोडनुपर्ने अवस्था आयो । यसको सबै दोष ओलीले प्रचण्डलाई दिने गरेका छन । उनको मनमनै प्रचण्डलाई उल्लु बनाउने योजना थियो । उनले कुनै अनुकूल समयमा प्रचण्डलाई उल्लु बनाउनु थियो नै । अहिले ओलीले अनुकूल समय मिलाएर प्रचण्डलाई उल्लु बनाउन सफल भएका हुन ।

राजनीति असर के हुन सक्छ ?

नेपाली राजनीतिमा ओली देउवा बिचको गठबन्धनले ठुलो असर गर्नेछ । कम्युनिष्टहरु बिचको विस्वासको संकट फेरी सतहमा देखियो । कम्युनिष्टहरु सत्ताका लागि जे पनि गर्न तयार छन भन्ने सन्देश दियो । हुन त यो संसदीय व्यवस्था हो । संसदवादी कम्युनिष्टहरुको लागि यो त सामान्य होला । तर क्रान्तिकारी,वामपन्थी र प्रगतिशील शक्तिहरुको लागि यो गठबन्धन सकरात्मक मानिदैन । एमालेको यो कदम कम्युनिष्ट हितमा छैन भन्नेहरु धेरै छन । यसले नेपालमा अस्थीर राजनीतिको थप विजारोपण गरेको छ । वामपन्थी शक्तिहरु बिचको सहकार्य र एकताको बतावरण निरासमा लिनेछ । संविधान संशोधन गर्ने आदि कुराहरु गएिका छन । १८ बर्ष सम्म टिआरसी विधेयक अट्किएको छ । शान्ति प्रक्रिया ट्ङगिएको छैन । तर शान्तिप्रक्रियाको हस्ताक्षर कर्ता दल प्रतिपक्षमा बस्दा शान्ति प्रक्रिया पुरा हुने आसा कम हुनेछ । विदेशी हस्तक्षपको थप मात्रा बढनेछ । एमसीसी कार्यान्वयनमा कांग्रेसीहरु लाग्ने छन । एमाले त्यसको मतियार हुने निश्चित जस्तै छ । जसले गर्दा नेपाली राजनीति फेरी एकपटक द्धन्द्धमा जाने परिस्थिति आउन सक्छ । यसले प्रतिगामीहरुलाई सहयोग गर्नेछ । बरु यो अवस्थाले माओवादी शक्तिहरु बिचको एकता र सहकार्य अनिवार्य बनाएको छ । यसमा यो गठबन्धले बाध्यकारी बनाउनु सकरात्मक मानौं । नेपाली राजनीति प्रतिगामी दिशातिर जाने कुनै संका छैन । यो नेपाली जनताको लागि होईन, आफ्नो कुसी जोगाउन र भ्रष्टाचारीहरुलाई जोगाउन हुनेछ । यसले देशमा शान्ति,सम्मृद्धि होईन थप अशान्ति फैलिने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस