१८ असार,कालिकोट । अराजकतावाद र फुटवादका विरुद्ध एक भएर एकीकृत जनक्रान्तिको पक्षमा लाग्ने नेकपा कालिकोटले निर्णय गरेको छ । नेकपा कालिकोटको अनौपचारिक वैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा नेकपा कालिकोटले कञ्चनको अराजकतावाद र फुटवादका विरुद्ध एक हुने प्रतिवद्धता जनाएको हो ।
नेकपा कालिकोटका सेक्रेटरी रणदिपले एकीकृत जनक्रान्तिको पक्षमा सिंगो जिल्ला कमिटि एक भएको जनाउनु भएको छ । नेकपाले यहि संदेश जिल्ला तथा एरिया स्तरमा राजनैतिक तथा वैचारिक प्रशिक्षण संचालन गर्दै नेता कार्यकर्ता माझ पुर्याइरहेको छ ।
नेकपाले हालै पचालझरनाको पडेक्षामा गाउकमिटी स्तरिय प्रशिक्षण कार्यक्रम संचालन गर्दै पार्टी अराजकतावाद र फुटवादका विरुद्ध एक भएको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला ईन्चार्ज एबं सिसियम बिराटले एकीकृत जनक्रान्तिको कार्यदिशा भनेको क्रान्ति पुरा गर्ने तिर रहेको भन्दै कोही विचलित हुदैमा क्रान्तिको वाँकी काम नरोकिने वताउनु भयो । पार्टीवाट केही खराव तत्व वाहिरिएको र त्यसले क्रान्तिकारी आन्दोलनको गति नरोकिने प्रष्ट्याउनु भयो ।
विशेष अतिथि जिल्ला सेक्रेटरी रणदिपले आशन्न असोज १ गते बाट हुने नवौ महाधिबेसन केन्द्रित कार्यक्रमहरु सम्पन्न गर्न सम्पुर्ण पार्टी कमिटीहरु निर्भिकताका साथ लाग्न निर्देशन दिनु भयो ।
कार्यक्रममा गाउकमिटी ईन्चार्ज दिलमान, डिसियम हिमचुली, शहिदपरिवार बाट जिबनको कान्छो बुबा नन्दे तिरुवाको पनि आतिथ्यता रहेको थियो ।
नेकपाले ४ महिने महाधिबेसन केन्द्रित अभियान चलाउने निर्णय गरेको छ । कार्यक्रम गाउकमिटी सेक्रेटरी तखतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस