सिमा क्षेत्रमा पर्खाल लगाउने समाजवाद चाहियो ः नेकपा नेता दिपक

१८ साउन,वाँके । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य उदय चलाउने (दिपक) ले सिमा क्षेत्रमा पर्खाल लगाउने समाजवाद चाहिएको वताउनु भएको छ ।

भारती सुरक्षा फौज एसएसविले जयसिंह धामीलाई तुईन तर्दा तुईन चुडाएर वेपत्ता पारेको घटनाको विरोध सभालाई सोमवार नेपालगंजमा सम्वोधन गर्दै केन्द्रीय सदस्य दिपकले वर्क प्रमिड भिसाको लागु गर्ने देखि सिमा क्षेत्रमा पर्खाल लगाउने समाजवाद नेपालमा आवश्यक भएको वताउनु भयो ।

उहाँले जयसिंह धामीलाई अमानविय तवरले वेपत्ता पारेको घटनाको कडा विरोध गर्दैे भारतीय पक्षको अत्याचारका विरुद्ध नेपालीहरु एक हुनु पर्ने धारणा राख्नु भयो ।

नेता दिपकले भारतीय पक्षले एउटा जयसिंह मात्र होइन हजारौं जयसिंहहरु भारतले वनाईसकेको भन्दै राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठादै सवै नेपालीहरुले एक भएर प्रतिरोध गर्नु पर्ने वताउनु भयो । उहाँले जयसिंह धामीको घटनामा सहभागी अपराधीलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्ने भन्दै पीडित परिवारलाई उचित क्षेति पुर्तिको व्यवस्था गर्न सरकार संग माग गर्नु भयो ।

वाँके वर्दिया जिल्ला ईन्चार्ज समेत रहनु भएका दिपकले आफ्नो पार्टीले उठाउदै आएको वैज्ञानिक समाजवाद भनेको निशुल्क शिक्षा,स्वास्थ्य,,रोजगार र राष्ट्रिय स्वाधीनताको रक्षा भएको समाजवाद आफ्नो पार्टीले खोजेको धारणा राख्नु भयो । वार्ता टोलीका सदस्य पनि रहनु भएका दिपकले सरकार जुनसुकै भएपनि तीन वुदे सहमति कार्यन्वय गर्नु पर्ने वताउनु भयो ।

यसअघि सोमवारै वर्दियाको गुलरियामा भएको विरोध सभालाई सम्वोधन गर्दै नेता दिपकले भारतीय साम्राज्यवादको अत्याचारका विरुद्ध सवै नेपालीहरु एक भएर प्रतिरोध गर्नुपर्ने वताउनु भएको थियो । पार्टीको केन्द्रीय कार्यक्रम अन्तरगत देशभरका जिल्लाहरुमा दार्चुलामा भएको जयसिंह धामीको वेपत्ताको घटनाको विरोधमा नेकपाले विरोध सभाहरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस