विप्लव र सरकार विच वार्ता टोली गठन

१९ फागुन,काठमाडौं । सरकारसँग वार्ता गर्न विप्लव नेतृत्वको नेकपा र सरकारले छुट्टा– छुट्टै वार्ता टोली गठन गरेका छन । नेकपाले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपक सहित २ सदस्सीय उच्च स्तरीय वार्ता टोली गठन गरेको छ । महासचिव विप्लवले मंगलबार एक विज्ञप्ती जारी गरि पार्टी प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउने सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी गराउनु भएको हो ।
विज्ञप्तीमा नेपाल सरकार संग देशका राजनीतिक,आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा वस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत छ भनिएको छ ।
मंगलवारै सरकारी पक्षले पनि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई सहित २ सदस्सीय वार्ता टोलीको नाम सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेको वताउनु भएको थियो ।
केपी ओली नेतृत्वको सरकारले २ वर्षअघि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो भने अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस