कोहलपुरमा माइक्रोबसको ठक्करवाट एकको मृत्यु, दुईजना घाइते

१९ फागुन, बाँके । बाँकेको कोहलपुरमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

भे १ ख २२३९ नम्बरको माइक्रोबसले भे १० प ५६१ नम्बरको मोटरसाइकललाई मंगलबार कोहलपुर नगरपालिका–५ किरन नाला नजिक सडकमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ बस्ने २५ वर्षीय बीरेन्द्र शाही रहनु भएको छ । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते हुनु भएका उहाँको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही माइक्रोबसले ठक्कर दिँदा एकजना साईकलयात्री र अर्का एकजना पैदलयात्री पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस चालकलाई निन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस