१९ फागुन काठमाडौं । सरकार र नेतत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको वार्ता आजै दुई चरणमा सम्पन्न भएको छ ।
वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले वुधवार साझ सम्म दुई चरणको वार्ता सम्पन्न भएको जानकारी दिनु भयो ।
भट्टराईका अनुसार वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकरात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि बुधबार विहान पहिलो चरणको वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच सम्पन्न भएको थियो ।