बर्दियामा सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन

१९ फागुन, वर्दिया । विप्लव नेतृत्वको नेकपा वर्दियाले २७ औ जनयुद्ध दिबसको अवसरमा जिल्लाको बारबर्दिया नगरपालिकामा सहिद तथा बेपत्ता योद्धाहरुका परिवारहरुलाइ वुधवार सम्मान सहित अभिनन्दन गरेको छ ।

जनयुद्धको सहिद सप्ताहको अवसरमा सहिद तथा वेपत्ता योद्धाका घरपरिवारहरुलाई नेकपाले अभिनन्दन गरेको हो ।
अभिनन्दन समारोहमा नेकपाका विशेष कमिटी सदस्य हिमशिखरले जनयुद्धको लक्ष्य र उद्देश्य पुरा नभएको र प्रचण्ड वावुरामहरुले जनयुद्धलाई विर्सजन गरी जनतामा माथि घात गरेको वताउनु भयो ।

उहाँले सहिद तथा वेपत्ता योद्धाहरुको सपना माथि समेत घातगर्दै नवसंशोधनवादको कित्तामा पुगेको टिप्पणी गर्नु भयो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका हिमशिखरले जनयुद्धका सहित,वेपत्ता योद्धाहरुको सपना पुरा गर्ने एकमात्र पार्टी नेकपा भएको दावी गर्दै नेकपा प्रति विश्वस्त हुन र सक्दो सहयोग गर्न आग्रह गर्नु भयो ।

उहाँले कार्यक्रममा सहभागी सहिद तथा वेपत्ता योद्धाका घरपरिवारहरुलाई फुलमाल लगाएर अभिनन्नद समेत गर्नु भयो ।
कार्यक्रममा नेकपा वर्दियाका जिल्ला सेक्रेटरी गणेश चौधरीले देश माथि एमसीसी द्धारा राष्ट्रघात गरेका प्रचण्ड वावुरामहरुले जनयुद्धको सपना माथि पनि घात गरेको आरोप लगाउनु भयो ।
उहाँले उनीहरु नेपाल र नेपालीको लागि राष्ट्रिय गद्दार भएको र त्यस्ता गद्दारहरुलाई जनता,सहिद परिवार तथा वेपत्ता परिवारले वहिष्कार गर्नुपर्ने वताउनु भयो ।

कार्यक्रममा युबा संगठन नेपालका केन्द्रिय सदस्य .प्रेणाको पनि सहभागिता रहेको थियो ।

नेकपाका नगर इन्चार्ज चक्र थापा (सजिब)को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन आशिषले गर्नु भएको थियो । कार्यक्रममा सहिद तथा बेपत्ता परिवारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस