श्रावण १९, कालीकोट । इतिहाँसमा पहिलो पटक करिव ४ दर्जन दलित अगुवाहरुले कालीकोटको चुलीमालिका माईको मन्दीरमा आईतवार दर्शन गरेका छन । दलित समुदायले माईको मन्दीरमा दर्शन गर्न नपाईने र गरेमा दलित समुदायका मानिस मर्ने धार्मीक अन्धविश्वास रहेको थियो ।
२१ औं सताव्दीमा पनि मानिस –मानिस विच अमानविय विभेद भएको भन्दै यस्तो धार्मीक अन्धविश्वासलाई तोडन चुलीमालीका मन्दीरमै पुगेर माईको दर्शन गरेको दलित अगुवाहरुले वताएका छन ।
खाडाचक्र नगरपालिका वडा नं ४ का वडा अध्यक्ष धनसिङ वि.क., वडा नं २ का वडा अध्यक्ष विर्खसिंह वि क, नेपाल राष्ट्रिय दलित उत्थान समाज कल्याण संघ कालिकोटका अध्यक्ष जय विक, सचिव अनिपाल वि क, शिक्षक हर्ष बहादुर सुनार, दलित अधिकारकर्मी वसन्त सुनार, ललित वि.क,. दान बहादुर वि.क., हस्त वि.क., पत्रकार रमेश सुनार, स्वास्थ्यकर्मी दुर्ग वि.क. नापी कार्यालय कालिकोटका सुचना अधिकृत पुनम वि.क. लगायत करिव ४५ जना दलित अगुवाहरुले माईको मन्दीरमै पुगेर दर्शन गरेका हुन । माईको मन्दीरमा दर्शन गर्दा मागेको वर प्राप्त हुने र दिर्घायु हुने धार्मीक विश्वास रहेको छ ।
जिल्लाको खाडाचक्र नगरपाकिा संग जोडिएको चुलीमालिका माईको मन्दीर समुन्दी सतह देखि झण्डै ४२०० मिटरको उचाइमा रहेको वहुचर्चित धार्मीक तथा पर्यटकिय स्थल हो ।
पौराणीक काल देखि माथिल्लो जाती भनिएका मानिसहरु मात्र त्यहाँ दर्शन गर्न जाने चलन थियो । यतिवेला भने दलित समुदायका मानिस सहित गैरदलित समुदायका मानिसहरुले संगै दर्शन गरेका छन । दलित माथि गरिने धार्मिक विभेदलाई हटाउन आफुहरुले माईको मन्दीरमै पुगेर पुजारी वाटै टिका ग्रहण गरी दर्शन गरेको पत्रकर रमेश सुनारले वताउनु भएको छ ।
दलितहरु मन्दीरमा पुगे मरिन्छ भनेर अनावश्यक भ्रम छरेर त्रास देखाउदै विगत देखिको सामान्ती सत्ताले धार्मीक क्षेत्रमा पनि शोषण गर्ने, उत्पीडन गर्ने र विभेद गर्ने नीति लिएको भन्दै दलित अगुवाहरुले यसलाई पूर्ण रुपमा खारेज गर्न आफुहरुले मन्दीर पुगेर दर्शन गरेको दावी गरेका छन । मन्दीरमा कालीकोट, जुम्ला, दैलेख, अछाम लगायतका विभिन्न जिल्लाहरु वाट पनि दर्शनार्थीहरु पुग्ने गर्दछन ।
दलित अगुवाहरु चुलीमालीका मन्दीरको दर्शनको लागी तयारी बैठक