१७ भाद्र, काठमाडौ । न्युज २४ टेलिभिजनमा ‘सिधाकुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता वीरेन्द्र जैरुले नेकपाका प्रवक्ता प्रकाण्ड सीप्रति दिएको अपमानजनक अभिव्यक्तिको सामाजिक संजाल लगायत विभिन्न क्षेत्रबाट चौतर्फि विरोध भएको छ ।
उहाँले एमसीसीको पक्षपोषण गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले एक कार्याक्रममा एमसीसी नेपाललाई भियतनाम बनाउने योजनामा आएको बताए पछि त्यसको खण्डन गर्नु भएको थियो ।
पत्रकार जैरुले स्टोपिड टमाटर फलाउन नसक्ने आफ्नो मोबाईलमा रहेको एप्लिकेसन समेत चलाउन नजान्ने प्रकाण्डले एमसीसीको विरोध गरेको आरोप लगाउनु भएको थियो ।
एमसीसीका दलाल पत्रकार जैरुले यत्तिमात्र भन्नु भएन उहाँले एउटा क्रान्तिकारी देशभक्त नेतालाई दरिद्र बेकुफ मूर्ख गिरेको स्वाभिमान भएका देशको बिरक्त लाग्दो पार्टीका एक नेता भनेर समेत अभिव्यक्ति दिनु भएको छ ।
उहाँको यस्तो खाले अभिव्यक्ति विरुद्ध सामाजिक सञ्जाल तथा विभिन्न क्षेत्रबाट चर्को आलोचना भएको हो । उहाँलाई एमसीसीको अस्सली दलाल तथा अमेरिकाको तलुवा चाट्ने पत्रकार भएको विचार सार्वजनिक भएका छन । अमेरिकी लगानीमा हुर्केर राजनीतिमा आएका रवी लामिछाने पछि अमेरिकी नै लगानीमा हुर्केका पत्रकार जैरुले सिधा कुरा जनतासंग चलाउन थाल्नु भएको थियो ।
उहाँ अमेरिकाको श्वास लिएर बाँचे दलाल पत्रकार भएकाले यस्ता राष्ट्रघाती जनघातीहरुलाई समयमै चिनेर जनताको बीचमा ल्याउनुपर्ने समाजिक सञ्जालमा अधिकाँसको भनाई आएको छ ।
नेकपाका केन्द्रीय सदस्य रणदिप सीले अरर्वौ खर्चर रवी जन्मायो र फेरी अरवौ खर्चर केही दलाल जन्माउने पक्का देखिएको ठोकुवा गर्नु भएको छ । उहाँले भन्नु भएको छ “क्रान्तिकारीहरु बीच एकता हुन नदिन, लिडर प्रतिको जनआकर्षण घटाउन, एमसीसीमा पर्दा हाल्न,अमेरिकाका लागि टोक्ने कुकुर भन्दा फुक्ने कुकुर बढी चाहिएको छ,जनता सचेत बनौं ।”
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा मध्यकर्णाली इन्चार्ज तुलराज सीले जैरु अमेरिकाको अस्सली दलाल तथा नोकर भएकाले एउटा क्रान्तिकारी देशभक्त नेता माथि यस्तो आरोप लगाएको वताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस