१७ कार्तिक,कालीकोट । विप्लव नेतृत्वको नेकपा संग आस्था राख्ने विद्यार्थी संगठन अनेरास्वयुवि (क्रान्तिकारी)को कर्णाली प्रदेश समितिको प्रथम पूर्ण वैठक मंगलवार कालिकोटको माल्कोटमा सम्पन्न भएको छ ।
वैठकले कर्णाली प्रदेशको कालीकोट जिल्लाको माल्लकोटमा पार्टीले निर्माण गर्न लागेको सेरापाटा विद्यालय निमार्णमा संगठनले सक्दो सहयोग गर्ने निर्णय गरेको छ ।
वैठकले आगामी मंसिर ८ को पार्टी पूनर्गठन दिवसको राजधानी केन्द्रीत विशाल जनसभामा विद्यार्थीहरुको उल्लेखनिय सहभागिता गराउने निर्णय गरेको छ ।
साथै शिक्षा क्षेत्रमा हुने नीजिकरण र व्यापारीकरणको भण्डाफोर गर्ने विकृति विसंगतिलाई हटाउने लगायतका निर्णय गरेको अखिल क्रान्तिकारीले जनाएको छ । वैठकमा सहभागी हुन संगठनका केन्द्रीय उपाध्यक्ष नरेन्द्र विक माल्लकोट पुग्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस