गाउँपालिका अध्यक्षद्धारा कैदीबन्धीलाई सिरक, कम्मल वितरण

मंसिर १७, कालिकाेट । चिसोबाट जोगाउने उद्देश्यले कालीकोट कारागारमा रहेका कैदीबन्दीलाई जिल्लाको महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले कम्मल र बलाङकेट बितरण गर्नुभएको छ ।

कारागरमा कैदी बन्दी जीवन बिताई रहेका कैदीबन्दीलाई चिसोबाट जोगाउने उद्देश्यले २६ थान कम्मल वितरण गरिएको हो । करिव ८० हजार बराबरको सामाग्री कैदीबन्दीहरुलाई वितरण गर्नुभएको हो ।

आफ्नो व्यक्तिगत लगानीमा गाउँपालिकाका अध्यक्ष सिंहले कारागारमा नै एक कार्यक्रमको आयोजना गरेरे कारागारका जेलर एवं सूचना अधिकारी मोहन प्रसाद शर्मालाई हस्तान्त्रण गरिएको थियो ।

कम्मल वितरण गर्दै गाउँपालिका अध्यक्ष सिंहले आफुले विभिन्न समयमा जेलजीवन विताएकाले कैदी जीवन कस्तो हुन्छ भन्ने थाहा भएकाले आफ्नो व्यक्तिगत लगानीमा कैदीबन्दीलाई न्यानो होस भनेर कम्मल र बलाङकेट वितरण गरेको बताउनुभयो ।

उहाँले विद्यार्थी आन्दोलनका समयमा २ दिन सुर्खेतमा, २ दिन कालीकोटमा र ३ दिन भारतको उखुमटका हिरासतमा बसेकाले चिसो मौसम सूरु भएकाले कैदीबन्दीलाई चिसोबाट बचाउनका लागि कम्मल वितरण गरेको बताउनुभयो ।

पहिलो पटक स्थानीय तहका जनप्रतिनिधि आफुहरुलाई भेटन आएकाले खुसी लागेको कैदी मनबहादुर शाहीले बताउनुभयो । उहाँले ज्युदो लास भएर बाचेका मान्छेलाई महावै बाट भेटन आउनुभएकोमा खुसी लागेको बताउनुभयो ।

अध्यक्ष सिंह संग कैदीबन्दीहरुले कालीकोट जिल्ला कारागारमा मानव अधिकारको हनन भएको गुनासो गरेका छन् । उनीहरुले कैदि विरामी हुदा अस्पतालमा समेत नेल लगाएर उपचार गराउने गरिएको भन्दै गुनासो गरेका थिए ।

उनीहरुले साना साना फिल्टर भएकाले ठुलो फिल्टर ल्याइदिन अध्यक्षलाई आग्रह गरेका छन् । कालीकोट कारागारमा एक नाबालक सहित ४ महिला सहित ४७ पुरुष कैदी बन्दी रहेका छन ।

प्रतिक्रिया दिनुहोस