स्वास्थ्यको कोरोना संगै दलाल, भ्रष्ट र कमिसन कोरोनाका विरुद्ध पनि लडौं

अहिले कोरोना भाइरसको विश्वभर महामारी फैलिएको छ । विश्वको मै हु भन्ने महाशक्ति राष्ट्रको दावी गर्ने अमेरीका त निकै प्रभावित भएको छ । चिनको वुहान वाट सुरु भएको कोरोना भाइरस लाई कम्युनिष्ट समाजवादी मुलुकको दावि गर्ने राष्ट्र चिनले भने नियन्त्रण गर्न सफल भयो । उसले झण्डै ३२ सयको मानविय क्षेति भएको समयमै नियन्त्रण गर्यो । संक्रमित भने ८१ हजार पुगेकोमा ७६ हजार वढी उपचारपछि निको पारेको छ । ४ हजारको उपचार जारी छ । नयाँ संक्रमित रोकिएको छ ।

उता अमेरीका, इटाली, स्पेन लगायतका मुलुकमा भने कोरोना भाइरस वाट संक्रमित मानिसको संख्या तिव्र रुपमा वढिरहेको छ । मृतकको संख्या पनि दिन प्रति दिन वढिरहेको छ । यसले विश्व स्वास्थ्यमा ठुलो खतरा ल्याएको छ । अर्को कुरा कोरोना नियन्त्रको लागि पूजिवादी देश र समाजवादी भन्ने देशहरुको संस्कृति, रहन सहन र लिएको नीतिमा पनि केही फरक भएको देखिएको छ । समाजवादी भन्नेहरु हरेक हिसावले सर्तक, सर्जक र व्यवस्थित देखिएको र पूजिवादी देशहरु सर्तक, सजक नभएको र अव्यवस्थित भएको विज्ञहरुले वताउएका छन । यो कुराले पनि के देखाउछ भने जनता प्रतिको वढी उत्तदायि व्यवस्थाको छ भन्ने कुरा पनि प्रष्ट भएको छ ।

विश्व स्वास्थ्य संगठनले समेत संकटकाल घोेषण गरेको छ । हाल सम्म ११ लाख वढि संक्रमण, ५९ हजार वढिको मानविय क्षेति भएको तथ्यहरु वाहिर आएको छ । यो भाइरस दोस्रो विश्वयुद्धमा भएको मानविय क्षति भन्दा वढि क्षति हुन सक्ने गरि फैलिएको छ । यो हतियारको युद्ध नभई स्वास्थ्य क्षेत्रको लागि तेस्रो विश्वयुद्धको रुपमा अगाडि आएको छ । विश्वका २ सय वढी मुलकमा यो रोगको संक्रमण फैलिएको छ । यसका विरुद्ध विश्वसमुदाय अहिले एक भएर लडिरहेको छ ।

नेपालमा पनि यो कोरोना भाइरसको प्रभाव नपर्ने कुरै भएन । हाल सम्म नेपालमा ९ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विशेषगरी विदेश वाट आएका नेपालीहरुमा कोरोना पोजेटिभ देखिएको हो । जसमध्य एक जना ठिक भएको पनि सरकारको तथ्याङक छ । यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषको आफन्तमा पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । कोरोनाका विरुद्ध लडन देशमा लकडाउन गरि आवत जावतमा समेत रोक लगाईएको छ । यो सरकारको राम्रो कदम हो । तर पनि कोरोनाका विरुद्ध लडन आवश्यक औषधि, उपकरण साधन श्रोतको प्रयाप्त अभाव छ । साधन श्रोत व्यवस्थापन विनाको क्वारेनटाइन वनाइएको छ । सिमामा नेपालीहरु व्यहाल गरि वेखर्चि भएर भोक भोकै वस्नु परेको छ ।

विकल्प विनाको लामो लकडाउनले देशभित्रका मजदुर, निम्न आयश्रोत भएका जनता भोक भोकै मर्नु पर्ने अवस्था आएको छ । जनताको आँखामा छारो हाल्न राहत कार्यक्रम सरकारले ल्याएको छ । राहतका नाममा १५ केजी चामल दिइने गरिएको छ । त्यही पनि निम्न आयश्रोत भएका व्यक्तिलाई राहत दिने भनिएको हो । उनीहरुले राहत पाएका छैन । राहत उच्च वर्ग, आफ्ना वरीपरीका आसेपासे भएका व्यक्तिहरुको पोल्टामा छ । राहत भित्र पनि कमिसन र राजनीति चलेको छ । कोरोना विरुद्धको औषधि चिन वाट मगाउदा भ्रटाचार र कमिसन खाएको समाचार वाहिर आएको छ । अख्तीयार समेतले छानविनको प्रक्रिया अगाडी वढाएको छ । जता पनि कमिसन, भ्रष्टचार र दलाली चलेको छ । यस्तो कुराले के देखाउछ भने कोरोना नियन्त्रणमा होइन यो सरकार । यो सरकार त कमाउ धन्दामा छ भन्ने कुरा देखिएको छ ।

समग्रमा भन्दा जनताले सरकार नभएको अनुभूति गरेका छन । जनताको सरकार भएको महसुस छैन । विगतमा भूकम्प जाँदा पनि सरकारमै भएका पार्टी र उनका केही नेताहरु कमाउ धन्दामा लागेका थिए । अहिले पनि कोरोनाको नाममा फेरी पनि कमाउ धन्दा चलाउनु हुदैन । राष्ट्र र जनता संकटमा परेको वेला फाइदा उठाउने यस्ता भ्रष्टाचारी, कमिसनखोरी र दलालीहरुका विरुद्ध जनता सजक हुनै पर्छ ।

सरकारले पनि यस्ता व्यक्तिहरु प्रति कडा कार्वाही गर्नु पर्दथ्यो । तर संरक्षण गरिरहेको छ । अव जनताले नै यस्ता व्यक्तिहरु माथि कडा कार्वाही गर्नु पर्छ । कोरोनाका विरुद्ध लडन सावुन पानिले हात धुने, मास्क लगाउने भिड भाड वाट टाढा वस्ने जस्ता कामहरु गर्नु पर्छ । यसो गरेमा स्वस्थ भइहालिन्छ । धेरै चिन्ता गर्नु पर्दैन । तर महामारी रोगको कोरोना भन्दा भ्रष्टाचारी, कमिसन र दलाली कोरोना अझै खतराका रुपमा नेपालमा आएको छ । यो कोरोनाका विरुद्ध सवै एक भएर लड्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस