८३ वर्षिय कृष्नाले विद्यालयलाई दिइन् १५ लाख बराबरको जग्गा

चैत्र २१, कालिकोट । खाँडाचक्र नगरपालिका ३ कि कृष्नाकला पाण्डे उमेरले ८३ वर्ष पुगि सकिन । ८३ वर्षको उमेर पुगेकाले सामान्य त मिठो खाना, न्यानो कपडा र कमलो वचनको अवश्यकता महशुस गर्छन् । तर, उनलाई मिठो मसिनोको लोभ छैन । आफनो समाजको लागि भन्दै आफनो नाममा रहेको एक हजार चारसय ३५ वर्गमिटर जग्गा विद्यायलयको नाममा निशुल्क दान गरेकि छिन् ।

३ छोरा र एक छोरी चार सन्तानकी आमा अहिले पनि जमिनको भरमा कुटोकोदालो गर्दै दैनिकी धान्दै छिन् । सरकारी मुल्याकनमा १५ लाख रुपैयाँ पर्ने आफ्नो नाममा रहेको जग्गा कालिका प्रथामिक विद्यायालयलाई भवन निर्माणको लागि दिइन् ।

जोखिम युक्त, ठाँउमा विद्यायालय संचालन भइरहेकाले वालवालिकाले जोखिममुक्त ठाउँमा नडराइ पढुन् भनेर जग्गा दान गरेकी हुँ ।’ उनले भनिन् ‘म संग धेरै जग्गा जमिन भएर हैन, मेरो छरछिमेक, गाँउ समाज र परिवारको भविष्य उज्वल पार्न जग्गा दिएकी हुँ’
गाँउका कतिपय बालवालिका विद्यायलय जानवाट वन्चित छन् । नजिक विद्यायलय भयो भने, सहज तरिकाले पढ्नपाउन भन्ने उद्देश्यका साथ आफूले जग्गा दान गरेको पाण्डेको भनाइ छ ।

निरक्षर पाण्डेले शिक्षा क्षेत्रका लागि यति ठुलो चासो देखाएको भन्दै उप–प्रमुख विजाय विष्टले नगरपालिकाले पाण्डेलाई सम्मान गर्ने विषयमा नगरमा छलफल गर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस