चैत्र २१, कालिकाेट । कालिकोटको दुर्गम गाउँ पलाता गाँउपालिका पुलाहा र वान्जडाका बासिन्दालाई ११ किलो नुन लिन अझै पनि सदरमुकाम मान्ममा धाउनुपर्ने बाध्यता छ ।
११ किलो नुनको मूल्य ९९ रुपैयाँ रहे पनि जाँदा आउँदाको बाटो खर्चसमेत गर्दा कम्तीमा दुई हजार सम्म खर्च हुने गरेको पुलाहाका अज सार्किले बताए । ‘र्दुइ दिन जान, र्दुइ दिन आउन र एक दिन पूरै डिपोमा लाइनमा बस्नुपर्छ’, सार्किले भने, ‘११ किलो नुन लिन पाँच दिन लाग्छ । नुनको मूल्यभन्दा धेरै गुणा बढी खर्च आउन जानमा लाग्छ । ’
अजले भने, सरकारले अनुदानमा उपलब्ध गराएको आयोडिनयुक्त नुनको ११ किलोको प्याकेट भर्खर मात्र घर भित्र्याएका छन् । यो समस्या अजको मात्र होइन, कालिकोटका पचालझरना, पलाता, रास्कोट, महावै र नरहरिनाथ क्षेत्रका सबै बासिन्दाको हो ।
जिल्लाको उतरि क्षेत्रका ११ गाविसका जनतालाई सेवा दिन सदरमुका मान्ममा स्थापना भएको नुन डिपोबाट पलाता धौलागोह, पचाझभरनाको नानिकोट, वाजुराको गोत्रि, मुम्रा र रुप्साका वासिन्दा नुन लिन आउन जान चार दिनदेखि पाँच छ दिन लाग्छ ।
पलाताको पुलाहादेखि मान्म पुग्न दुई दिन र फर्कन दुई दिन गरि जम्मा पाँच दिन लाग्छ । पुलाहाका–१ का कर्न सार्किले भने, ‘सवै सेवा गाँउमा आएको छ तर, नुन ल्याउन अझैपनि सदरमुकाम मान्म जानु प्रर्ने वाध्यता छ ।
सिंह दरवारको अधिकार गाँउमा आएपनि नुन भने गाँउमा आएन सदरमुकाममै रहेछ उनले,गुनासो पोखे । यस्तै विकट महावैको राम्निगेलाकी जना विक, ९९ रुपैयाँको नुन किन्नका लागि एक हजार ऋण काढेकी छन् । “यति सकसले ल्याएको नुनले २० दिन पनि राम्रोसँग पुग्दैन”, विकले भनिन् । ढुवानी अनुदानको नुन जिल्लाको सदरमुकाम सदरमुकाम मान्म वाटै बिक्री वितरण भइरहेको छ ।
नुन प्रतिकिलो नौ रुपैयाँका दरले बिक्री भइरहेको छ । बजारमा किन्दा यो नुन प्रतिकिलो ३५ रुपैयाँभन्दा बढी पर्छ । महिनाको एकपटक ‘चार घन्टा भयो लाइनमा बसेको बल्ल नुन पाइयो ।
नुन लिन पनि साह्रै दुःख भएर लाइनमा बसेका पचालझरना गाँउपालिका खडितोलिका कुष्म सज्यालले भने । एकातिर सहुलियतको नुन जनताले सहजरूपमा पाउन सकेका छैनन् अर्काेतिर सदरमुकाम मान्ममा त्यही नुनको कालोबजारी भइरहेको छ ।
‘अनुदानको नुन सरकारले आवश्यकता बमोजिम न दिन सकेको छ न त अनुगमन नै गर्न सकेको छ’ । गाँउका सिंहदरवारमा सवै आयो तर नुन आएन, स्थानिय सरकारले यसको विषयमा किन चासो दिएन उनले भने, अझै पनि नौ रुपैयाँको नुनको लागि अझैपनि सदरमुका जानु प्रर्ने हो भने, के को स्थानिय सरकार उनले गुनासो पोखे। कालिकोट वासिको बाँच्न पाउने अधिकारसमेत हनन भएको छ ।
पलाता र पचालझरना गाँउपालिकाको लागि जारकोटमा नुनडिपो राख्नुपर्ने स्थानीयबासीले माग राखे पनि स्थानिय सरकारले व्यवस्था गर्न नसकेको नुन डिपोका कार्यालय साहायक लाल बहादुर वमले बताए । डिपोमा नुन लिन आएका सेवागा्रहिले सोध्छन, कहिले जान्छ गाँउमा नुन ?
उनका अनुसार,स्थानिय सरकारलाई पटक पटक डिपो स्थापना गर्न आग्रह गर्दा पनि कुनै वास्ता नगरेको वमले बताए । देश संघिय संरचनामा गएको दुई वर्ष पुराभई सवै सेवा सुविधा गाँउमा गए पनि आयोडिन नुनुको लागि मात्र अझै सदरमुका धाउनु दुखत भएको बताए ।
अहिले जिल्लाका ९ वटै स्थानिय तहवाट नुनुकै लागि मान्म आउछन। एक सयको नुनु लिन्छन र दुई हजार पच्चिस सय खर्च गर्नु परेको छ ।
यो समस्या समाधान गर्न उनले स्थानिय सरकारलाई आग्रह गरे । कर्णालीका हुम्ला, जुम्ला, मुगु र दैलेख लगायतका जिल्लाहरुमा स्थानिय तहमा नुनको डिपो गइसकेको छ । तर, यँहा भने, अझै नुन लिन सदरमुकाम धाउनु दुखत भएको बताए ।