चैत्र २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मुख्यमन्त्रीहरुसँग भेटघाट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पौने ८ बजे सुरु भएको छलफल चलिरहेको छ । सातै प्रदेशका मुख्यमन्त्रीसँग आज प्रधानमन्त्रीले संयुक्त छलफल गर्नुभएको हो ।
मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले आउने वर्षको नीति, कार्यक्रम र बजेटका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस