चैत्र २१, बाजुरा । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बजेट कार्यान्वनमा साथ दिन आग्रह गर्नुभएको छ ।
विकासका लागि धेरै बजेट लगानी भएको भन्दै उहाँले गुणात्मक उपलब्धीका लागि बजेट कार्यान्वयनमा साथ दिन आग्रह गर्नुभएको हो । सामाजिक विकास मन्त्रालयले मार्तडीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री सुवेदीले सत्य, तथ्य र वस्तुपरक समाचार लेखेर जनताको सूचित हुन पाउने अधिकारको संरक्षण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
मन्त्री सुवेदीले बजेटमा बाजुरालाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ । बाजुरामा मात्रै ३० करोड बजेट शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सामाजिक विकास लगायतका क्षेत्रमा आएकोले त्यसको रखबारी गर्ने कार्यमा सघाउन पनि मन्त्री सुवेदीले पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।