शिक्षक सेवाको प्रश्नपत्र परिक्षा अघि नै उपलव्ध गराई दिने भन्दै सुर्खेतमा करोडौंको ठगी

२१ चैत्र,सुर्खेत । शिक्षक सेवा आयोगको प्रश्नपत्र परिक्षा अघि नै उपलव्ध गराई दिने प्रलोभन दिएर सुर्खेतमा तीन जनाले करोडौ रकम असुल गरेका छन । उनीहरुले हस्त लिखित नक्कली प्रश्नपत्र वनाएर परिक्षार्थाीलाई दिएको र परिक्षामा प्रश्नहरु नमिले पछि ठगि भएको रहस्य खुला भएको हो ।

कालिकोट जिल्ला रास्कोट नगरपालिका विजयपुर घर भएका शिक्षक एकेन्द्र शाही,अर्का शिक्षक मकेन्द्र शाही र जय वहादुर शाहीले आयोगको प्रश्नपत्र परिक्षा अघि नै उपलव्ध गराई दिने प्रलोभन दिएर ठगि गरेका हुन ।

उनीहरुले परिक्षार्थी विद्यार्थीलाई हस्त लिखित नक्कली प्रश्नपत्र दिएका थिए । हस्त लिखित पश्न दिएपछि केही समय सुर्खेतको एक होटलमा परिक्षार्थी र ठगी गर्नेहरु विच तनाव समेत भएको थियो । तर ठगी गर्नेहरु होटलको छतवाट हाम फालेर फरार भएका छन । उनीहरुले प्रति व्यक्ति एक लाख देखि चार लाख सम्म असुल गरेको खुलासा भएको छ । जय वहादुर शाहीले पल्सर वाईक २२० लु ८० प १९३५ नम्वरको प्रयोग गर्छन ।

एक जना पीडितले नाम नभन्ने सर्तमा आफ्ना आफन्त वाट जम्मा गरेको पाँच जनाको पाँच लाख एकेन्द्रलाई वुझाएको र अहिले सम्पर्क विहिन भएको दुखेसो पोखेका छन ।

यस्तै उनका अनुसार सुर्खेतमा सनिहल लाईनमा वढि मालिका होटल संचालन गर्दै आएका रास्कोट विजयपुरका हस्त शाही वाट ती तीन जनाको समुहले ९ लाख वढी रुपैया असुल गरेका छन । एकेन्द्र र मकेन्द्रले झण्डै एक करोड रुपैया उठाएर सम्पर्क विहिन भएका छन । यस्तै जयवहादुरले पनि झण्डै ६० लाख वढी रुपैया उठाएर फरार भएको पीडितले वताएका छन ।
पीडितहरुले आफूहरु माथि पनि कुनै कानुनी असर पर्छकी भन्ने डरले प्रहरी समक्ष उजुरी गर्न नसकेको वताएका छन । यसअघिको २०७४ सालमा भएको शिक्षक सेवा आयोगको परिक्षामा सक्कलि प्रश्नपत्र परिक्षा अघिनै सेटिङ्ग मिलाएर आउट गर्न पुगेका एकेन्द्र र मकेन्द्रले शिक्षक सेवा आयोगको परिक्षा दिएको र पछि शिक्षकमा नाम निकालेको ती पीडितले वताएका छन ।

त्यतिवेला १८ जनाले परिक्षा दिएकोमा १७ जनाले नाम निकालेको उनले वताएका छन । त्यसैले पनि उनीहरुले भनेको कुराको विश्वास लाग्यो ती पीडितले भनेका छन । जसका कारण यतिवेलाको परिक्षामा प्रश्नपत्र उपलव्ध गराउने आश्वासन दिएकाले आफूहरु आश्वस्त भएर रुपैया दिएको पनि वताएका छन ।

ठगि गर्नेहरु कालिकोट घर भएका व्यक्ति भएकाले धेरै जसो व्यक्तिहरु कालिकोटका ठगिमा परेका छन । त्यस्तै केही अन्य जिल्लाको पनि ठगीमा परेका छन ।

मुख्य गरी दैलेख घर भएका खकेन्द्र शाहीले यस अघिको परिक्षामा आयोगको आन्तरिक व्यक्ति संग सेटिङ्ग गरेर प्रश्नपत्र आउट गरेको ती पीडितले आरोप लगाएका छन । अहिले पनि त्यस्तै सेटिङ्ग होला भनेर धेरै व्यक्तिले पास हुने प्रलोभनमा प्रश्नपत्र पाउने आसामा रुपैया दिए तर प्रश्नपत्र किने तर नक्कली भएकाले ठगी भएको थाहा पायौ पीडितले भनेका छन ।
ठगी गर्ने एकेन्द्र मकेन्द्र र जय वहादुर शाही करिव ३५ देखि ४० वर्षको विचका रहेका छन ।

उनीहरु तीनै जना फरार छन । उनीहरुले प्रयोग गर्ने ९८६९८६३६४८,९८२९६६१९०३,९८५८०६५८४२ मोवाइल नम्वरहरुमा सम्र्पक गर्न खोज्दा सम्र्पक हुन नसकेको पीडितहरुको गुनासो छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले वुझने काम भइरहेको वताएको छ ।

उनीहरुले परिक्षार्थीलाई दिएको हस्त लिखित नक्कली प्रश्नपत्र यस्तो छ ः

 

प्रतिक्रिया दिनुहोस