श्रमजीवीहरूकाे लागि समाजवाद अनिवार्य हाे: नेता विवेक सी

२२ जेष्ठ, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विवेक सीले श्रमजीवीहरूकाे लागि समाजवाद अनिवार्य भएको बताउनुभयो ।

अनेम संघ (क्रान्तिकारी) र श्रमिक समुदाय माेर्चा नेपाल कालिकोटको मंगलबार खुलालुमा बसेकाे संयुक्त बैठकलाई सम्बाेधन गर्दै नेता विवेकले यस्तो बताउनुभएको हाे ।

उहाँले श्रमजीवीहरूकाे लागि समाजवाद अनिवार्य भएको भन्दै मिसन ८४ लाई समाजवाद स्थापनाका लागि पार्टीले चुनावी माेर्चाकाे रूपमा प्रयोग गर्ने बताउनुभयो ।

उहाँले पार्टीका भातृ संगठनहरूकाे भुमिका महत्त्वपूर्ण हुने भएको भन्दै सबैले आआफ्नो माेर्चामा लिएको जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला सेक्रेटरी बलवान् सीले नेपाली विशेषताको समाज स्थापना गर्न गाउँगाउँमा संगठन विस्तार गर्दै जनतालाई साथमा लिएर काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अनेम संघ कालिकोटका अध्यक्ष नविना सीकाे अध्यक्षतामा बसेकाे बैठकले जिल्लाका सबै पालिकामा भेला सम्मेलन, छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको छ।

बैठकले धर्मेन्द्र सीकाे संयोजकत्वमा १५ सदस्यीय श्रमिक समुदाय माेर्चा नेपालकाे जिल्ला सम्मेलन आयाेजक कमिटी गठन गरेको छ । माेर्चाले भाद्रसम्म सबै पालिकामा भेला सम्मेलन गरिसक्ने र भाद्रकाे अन्तिमसम्म जिल्ला सम्मेलन गर्ने भएको छ ।

बैठकमा शुभकालिका गाउँ कमिटी इन्चार्ज तुफान सी, कर्णाली मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य छाया लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस