महामन्त्रीको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै निलम्बनमा परेका पार्टीका महामन्त्री डा मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । बुधवार बसेको केन्द्रीय कमिटी बैठकले महामन्त्रीको प्रतिवेदन मिडियामा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

पार्टीको निर्णयमा भनिएको छ –बैठकमा महामन्त्रीको प्रतिवेदन सार्वजनिक नगर्ने बहुमत सदस्यको अभिमत भएतापनि पार्टी सभापतिले उक्त प्रतिवेदन सार्वजनिक गर्न पुनः प्रस्ताव गर्नुभयो । तदनुरुप महामन्त्रीको प्रतिवेदन मिडियामा सार्वजनिक गर्ने निर्णय गरियो ।

बैठकमा सबैले महामन्त्रीको समीक्षा प्रतिवेदन तथा पार्टी सञ्चालनका विविध पक्षहरूमा प्रश्नसहित आआफ्नो अभिमत राखेका थिए । बैठकमा बोल्ने अधिकांशले महामन्त्रीको आलोचना गरेका थिए ।

पार्टी बैठक सामाजिक सञ्जालमार्फत लाइभ गर्नुपर्ने आफ्नो माग पारित नभएपछि महामन्त्रीले आफ्नो लोकतान्त्रिक अधिकार हनन भएको भन्दै कालो पट्टी बाँधेर बैठकमा सहभागी हुनु भएको थियो । तत् पश्चात् बैठकको निर्देशन बमोजिम सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्रीले पेस गरेको समीक्षा प्रतिवेदन वाचन गरेर प्रस्तुत गर्नु भएको थियो ।

बैठकको निर्णय माईन्युट

प्रतिक्रिया दिनुहोस