१९ भाद्र,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले वाढी र पहिरोमा परि ज्यान गुमाउने सबै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरको छ । नेकपाले मृतकका आफन्तजनहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
वाढी र पहिरोका कारण पुर्व पश्चिम राजमार्गको दाउन्ने र गैडाकोटमा सडक अवरुद्ध भई यात्रुहरूले भोग्नुपरेको सास्तीप्रति गम्भीर ध्यानआकर्षित भएको भन्दै नेकपाले अवरुद्ध सडकलाई तदारुकताका साथ मर्मत र सञ्चालन गरि जनताको यात्रालाई सहज बनाउन नेपाल सरकारसँग जोडदार माग गरेको छ ।
नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले शनिबार एक प्रेश विज्ञप्ति जारी गरि पहिरो पीडित परिवारहरूको पुर्नवास र आवश्यक राहतको यथासिघ्र व्यवस्था गर्न नेपाल सरकारसँग विशेष माग गर्दै बाढी पहिरोबाट पिडितहरूको उद्धार, राहात र सुरक्षित पुर्नवासको व्यवस्थापनको कार्यमा लाग्न सम्वन्धित जिल्ला पार्टीलाई निर्देशन समेत दिनु भएको छ ।
प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भन्नु भएको छ ‘भदौ १७ गते राती पहिरोका कारण पर्वत जिल्ला कुश्मा नगरपालिका वार्ड न ३ दुर्लङमा माधव शर्माको घर भत्किँदा ७५ बर्षीय शिला पौडेल, ३५ बर्षीय भवगती पौडेल, ११ बर्षीय विनिता पौडेल र ९ बर्षीय विनोद पौडेलको दुःखद निधन हुन गयो । कुश्मा ११ चिम्लीमा मनीलाल पौडेलको घर भत्किँदा ३८ बर्षीय दुर्गा पौडेल र ६ बर्षीय गणेश पौडेलको मृत्यु हुन पुगेको छ । कुश्मा ११ पकुवा चिम्लेमा पहिरोमा परि माया कुमारी पौडेल र उनका ३ बर्षीय छोरा प्रयास पौडेलको मृत्यु हुन पुग्यो । पहिरोमा बेपत्ता ७० बर्षीय डिल्लीपाध्य पौडेलेको पनि दुःखद् मृत्यु हुन पुग्यो ।’
प्रेस विज्ञप्तिको पूर्णपाठ‘.