एमाले र कांग्रेसले गठन गरेको कार्यदलले के-के विषय टुंग्याउँदै छन् ?

२१ पुस, काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार सञ्चालनमा सहजीकरण गर्न तथा आवश्यक सुझाव दिन गठित कार्यदल निर्माण भएका छन्। दुई दलबीच ५/५ जना नेता रहेको राजनीतिक संयन्त्र निर्माण र नियमित सञ्चालन गरिएको एमालेले जनाएको छ ।

त्यसैगरी त्यस अन्तर्गत आलोपालो नेतृत्वमा रहने गरी दुबै दलका ४/४ सदस्य रहेका कार्यदलल नियमित सञ्चालनमा रहेको एमालेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।कार्यदलले राष्ट्रिय महत्वका केही महत्वपूर्ण विषयहरूलाई सकारात्मक निष्कर्षमा पुर्‍याउन अहम् भूमिका खेलेको एमाले अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन्। दुबै दलबीच आधारभूत तहसम्मै सहकार्यको वातावरण निर्माण गर्न सबै प्रदेश र अधिकांश जिल्लाहरुमा पनि दुई दलीय संयन्त्र निर्माण गरिएका छन् । हालै संयन्त्रले ९ विषयमा काम गर्न अलग– अलग कार्यदल बनाउने निर्णय गरेको हो ।

संविधान कार्यान्वयनको समीक्षा र संशोधनको प्रक्रिया, संसदमा विचाराधीन १९ वटा विधेयकलाई छिटो पारित गर्न समय तालिका निर्धारण, विद्यमान कानूनमा सुधार, खारेज, बाझिएका कानूनको पहिचान र संशोधनका लागि काम भएको पनि ओलीले उल्लेख गरेका छन्। ओलीले सरकारी सेवाप्रवाह र व्यवसायमा अपेक्षित सुधार आउन नसक्नुलाई सरकारले चुनौतीका रूपमा लिएको उल्लेख गरेका छन् ।

के-के छन् कार्यदलले टुंग्याउने ९ विषय ?

  • संविधान कार्यान्वयनको समीक्षा र संशोधन,
  • संविधान तथा सङ्घीयता कार्यान्वयनको समिक्षा,
  • संसदमा विचाराधीन १९ वटा विधेयकहरु छिटो पारित गर्न र संसदमा प्रस्तुत हुने विधेयकहरु टुङ्ग्याउन समयतालिका निर्धारण,
  • विद्यमान कानुनमा सुधार, औचित्य नभएका कानुन खारेज र सङ्घीयतासँग बाझिएका कानुनहरुको पहिचान र संशोधन,
  • तत्काल ल्याउनु पर्ने नयाँ कानुनको पहिचान र तयारी,
  • सुशासन र जवाफदेहिताका लागि गभर्नेन्स रिफर्म सेन्टर निर्माण,
  • आर्थिक सुधार, वैदेशिक लगानी, राजस्व अभिवृद्धि, वाणिज्य विस्तार, लगानी ढाँचा निर्धारण, र दोहोरो कर प्रणालीमा सुधार लगायत,
  • सार्वजनिक खर्च व्यवस्थापन
  • मन्त्रालयगत प्राथमिकता र सुधार ।

प्रतिक्रिया दिनुहोस