स्वतन्त्र, समावेशी र जवाफदेही न्यायपालिका आफ्नो प्रमुख एजेन्डा : अधिवक्ता पोख्रेल

पुस २१, काठमाण्डौ । समावेशी, स्वतन्त्र र जवाफदेही न्यायपालिका आफ्नो मुख्य एजेन्डा भएको अधिवक्ता कपिलचन्द्र पोख्रेलले बताउनु भएकाे ।

सर्वोच्च अदालत वार एशोसियसन कार्यसमिति निर्वाचन २०७९ का लागि वरिष्ठ अधिवक्ता तुलसी भट्ट नेतृत्वको प्यानलको तर्फबाट कोषाध्यक्ष पदका उम्मेदवार रहेका अधिवक्ता पोख्रेलले तपाईको प्यानलको एजेन्डा के हो भन्ने सञ्चारकर्मीहरुकाे प्रश्नकाे जवाफ दिदै उहाँले यस्तो बताउनु भएको हो ।

न्यायपालिकालाई स्वतन्त्र, समावेशी र जवाफदेही बनाउनु अहिलेको आबश्यकता हो। हाम्रो प्यानलले प्रचिलत संविधान र कानुनका आधारमा न्यापालिकालाई जवाफदेही, स्वच्छ र थप विश्वसनिय बनाउन भुमिका खेल्नेछ  उहाँले भन्नु भयाे, “सर्वसाधारण नागरिकको न्यायीक प्रक्रियामा पहुचको उत्तिकै खाचो छ, न्यायपालिका प्रति नागरिकको भरोसा र भ्रस्टाचार मुक्त न्यायीक क्षेत्र मुलुकको अर्को आबश्यकता हो। यो उदेश्य हासिल गर्न मैले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएको हुँ।”

प्रगतिशील, पेशागत, तथा गणतान्त्रिक, लोकतान्त्रिक, समाजवादी र समावेशी कानुन व्यवसायी समुहको तर्फबाट कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका पोख्रेल नेपालको कानुनी र राजनीतिक परिवर्तनको आन्दोलनमा लामो समयदेखि योगदान गर्दै आएका एक जना स्वच्छ, इमानदार र निष्ठावान छवि भएका वकिल हुनुहुन्छ ।

यहि पौष २३ गते हुने सर्वोच्च अदालत वार एशोसियसन कार्यसमिति निर्वाचनमा देशभर बाट ६ सय ५१ जना मतदाताहरुले मतदान गर्ने छन भने अध्यक्ष, उपाध्यक्ष,सचिव, कोषाध्यक्ष सहित १५ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस