कालीकोटका १६ जना ”कोरोना संक्रमित कैलालीका युवा सँगै”

चैत २३, कालीकोट । कोरोना संक्रमित कैलालीका युवासगै कालीकोटका १६ जना नागरिक संगै भएको खुल्न आएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सुरक्षितका लागी नेपालीहरु कैलाली र भारतको सिमाना गौरिफन्टा नाकाहुर्दै नेपाल आएका थिए । करिव १ हजारभन्दा धेरैको संख्यामा गौरिफन्टा नाकाहुदै नेपाल आउनेमा कालीकोटका १६ जना नागरिक पनि सोही नाकाबाट आएका थिए ।

कैलालीका कोरोना संक्रमित एक युवा पनि १ हजार भन्दा बढी नागरिकको विचमा उनी पनि थिए । शनिवार कैलालीमा कोरोना संक्रमित युवाको पुष्टि भएपछि उनीसंगै आएका कालीकोटका नागरिकको अवस्था कस्तो छ जानकारी समेत भएको छैन ।

अहिले कालीकोटका १६ जना नागरिकको अवस्था कस्तो छ, उनीहरु कुन स्थानीय तहका हुन भन्ने समेत जानकारी भएको छैन । उनिहरुलाई क्वारेन्टाईनमा राखिएको छ की छैन् भन्ने पनि सम्वन्धित निकायवाट जानकारी नभएको छैन ।

सुदुरपश्मि प्रदेशको गौरिफन्टा नाकाबाट २३ जिल्लाका १ हजार ४३ जना नागरिक नेपाल आएका थिए । जसमा कैलालीका २ सय ९३ डोटीका २ सय २४, बैतडीका ८७, बझाङका ६८, अछामका ६६, डडेल्धुराका ६५, कञ्चनपुरका ५१, दार्चुलाका ३४, सुर्खेतका ४१, पाल्पाका ३४, कालिकोटका १६, दाङका १०, प्युठान ३, बाग्लुङका ७, कपिलवस्तुका २, बर्दियाका, १२, बाँकेका १६, जनकपुरका १, चितवनका १, रुकुमका १, रुपन्देहीका ४, सल्यानका १, र नवलपरासिका ६, गरि १ हजार ४३ जना नेपाली नागरिक गौरीफन्टा नाका हुर्दै नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस