२२ वैसाख,काठमाडौँ । २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ । भने ८ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणका कारण २४ घण्टामा भएको यो सबभन्दा धेरै मृत्यु हो ।
मंगलबार कोरोना संक्रमणका कारण ५५ जनाले ज्यान गुमाएका थिए । कोरोना संक्रमण फैलने क्रम बढेसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न जिल्लामा गरी २४ घण्टाको अवधिमा ५८ जनाको मृत्यु भएको जानकारी दिनु भएको हो ।
यस्तै देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जनाउनु भयो ।
एकैदिनमा यो हालसम्मकै सबभन्दा उच्च संक्रमण हो ।
उहाका अनुसार ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको छ ।
२४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोनामुक्त भएका प्रवक्ता गौतमले बताउनु भयो । मंगलबार कोरोना संक्रमणका कारण ५५ जनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया दिनुहोस