नेकपा नेताको बदमासी : पहिले फकाएर बिहे गरे, अहिले घरबाट निकाले

बैशाख २२, कालिकाेट । कालीकोट जिल्लाकी एक महिला तिन महिनाको छोरा वोक्दै मान्ममा न्याय मागिरहनु भएको छ ।

एक वर्ष अगाडी अवैध सम्बन्धका कारणले गर्भ वसेपछि श्रीमान पहिचान सहित घरमा आएकी सान्नीत्रिवेणी गाउपालिका वडा नं १ माइती घर भएकी २१ वर्षिय गिता कुमारी जैसिले छोरा जन्माएको तीन महिना भयो । नावालक छोराको स्यार गर्नु एका तिरको पिडा छ, भने अर्को तर्फ श्रीमान र सउताले घर निकाला गरेपछि दोहोरा पिडा सहन नसकेर न्यायको खोजिमा कहिले प्रहरी कार्यालय, कहिले नगरपालिकाको न्यायिक समितिमा कहिले र वकिलकहाँ पुग्दै दिन बितिरहेका छन ।

तत्कालिन एमाले कालिकोटका कार्यलय सचिव दानवहादुर शाहीले ललाई फकाई गदै सम्वन्ध राखेपछि गर्भ वसेको थियो । अबिवाहित किसोरीको पेटमा वच्चा हुर्कदै गएपछि किसोरी गिता जैसिले दानवहादुर शाहीको गर्भ भएको वताएपछि शाहीले आफ्नो भएको स्वीकार गदै आफ्नो कान्छी श्रीमतिका रुपमा घर भित्राएका थिए । तर छोरा पेटमा हुर्कदै गर्दा श्रीमान श्रीमतिको सम्वन्ध राम्रै थियो । जव छोरा जन्मीयो त्यस पछि बिवाद वड्दै गएर घर निकाला गर्न सम्म आफु पुगेको पिडित महिलाको भनाई छ ।

छोरा जन्मी सकेपछि आमा भएको महसुस गितालाई थियो । तर श्रीमान दानवहादुर शाहीले सम्पती दावि गर्ने कानुनी मान्यतावाट वन्चीत गराउन छोराको जन्म दर्तामा आमाको नाम आफ्नी जेठी श्रीमती रञ्जना शाहीको नाम उल्लेख गरेपछि कान्छी श्रीमति संगको सम्वन्ध बिग्रदै गएको हो । जैसि अदालत पुगेपछि रन्जनाको नाम हटाएर गिता जैसिको नाम राखिएको स्वयम दानवहादुर शाहीले महिलाका आफ्न्तसंग स्वीकार गरेका छन ।

शाही दैलेखका नागरिक भएकाले दैलेखको कुन स्थानिय तहमा जन्मदर्ता गराएका हुन भन्ने कुराको पुस्टी हुन सकेको छैन । त्यो भन्दा पनि खतरा कुरा त गिता जैसिलाई पसल गर्न घरभाडा दिएको भन्ने कागज लेखी ल्याप्चे समेत गरीएको छ । कागजमा मासिक १५ सय भाडा र २०७५ साल जेठ ३० गरिएको सम्झौता असार १ वाट लागु हुने उल्लेख गरिएको छ । शाहीले जैसिलाई पनि जेठको अन्तीम तिर घर भित्राएका थिए । त्यो कागज हाल माइतीको सम्पर्कमा पुगेको छ ।

प्रहरीकहाँ उजुरी दिन पुगेकी जैसिलाई नगरपालिकाको न्यायिक समिति कहाँ पठाईएको थियो । न्यायिक समितिकी संयोजक खाँडाचक्र नगरपालिका उपमेयर बिजया बिष्टले घरमा जेठि श्रीमति छ भनेर थाह हुदाहुदै उसैको कान्छी वन्न आउने महिलाको उजुरी नसमात्न भनेपछि त्यहा पनि सुनुवाई भएन । प्रहरीले पनि उल्टै तपाई खराव हो भन्दै पिडित तिन महिनाकी सुत्केरी महिलालाई हप्काउदै आएको पाईएको छ ।

शुक्रवार राती बिवाद भएर प्रहरीकहाँ पुगेका श्रीमान सहितका दुई श्रीमति प्रहरी कार्यालयमै हात हालाहाल भयो । जेठि श्रीमतिले कानछी श्रीमति जैसि माथि जाइलाग्दा प्रहरी पनि मुख दर्शक भयो र उल्टै कान्छी श्रीमतीलाई गलत सावित गर्न हप्कायो । प्रहरीको त्यो ब्यबहार देखेर स्थानिय पनि ससंकित भएका छन ।

प्रहरीले शाही दम्पतीवाट पैसा खाएर सहयोग गरेको हुन सक्ने संका स्थानिको छ । प्रहरीकै अगाडी जेठि सउतावाट कुटाई पाउदा पनि उल्टै उसैलाई खराव प्रहरीले भन्नुको कारण स्थानियले खोजिरहेका छन । तर प्रहरीले पैसा खाएको भन्ने कुनै प्रमाण भने छैन ।

न्यायका लागी घर निकाला भएकी महिलाको संरक्षणको पनि खाँचो छ । माइती पटीले पनि सहयोग नगरेका कारणले पनि यस्तो हुन पुगेको वजारका महिलाहरुको भनाई छ । तर जैसिलाई न्याय दिलाउन कुनै पनि निकाय देखिएको छैन ।

उहाँका श्रीमान दानवहादुर शाही पुर्व एमालेका कार्यालय सचिव भएकाले राजनितिक शक्तीको डरले पनि कोही वोल्न नसकेको सर्वत्र आवाज उठेको छ । यही घटनाले पहँच भन्दा वाहिरका मान्छेको न्याय कहाँ छ भन्ने प्रश्नले पनि वजार पाउदै गएको छ ।

प्रतिक्रिया दिनुहोस