तीन दिनदेखि सुत्केरी हुन नसकेकी बमको हेलिकोप्टरबाट उद्दार

बैशाख २२, कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–५ मेहलमुडीकी  १८ वर्षीया स्वस्तिका  बमको हेलिकप्टरबाट उद्दार गरिएको छ ।

तिनदिनदेखि सुत्केरी ब्यथाले च्यापेकी बमको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो । तीन दिनदेखि सुत्केरी व्यथा लागेकोले स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकोप्टर सुर्खेत लगिएको शान्नी त्रिवेणी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर शाहीले बताए।

‘सुत्केरी व्यथा लागेको तीन दिनसम्म सुत्केरी हुन नसकेपछि थप उपचारका लागि सुर्खेत लगिएको छ,’ उनले भने, ‘बच्चाको टाउको पाठेघरमा अड्किएका कारणले यहाँ उनको सुत्केरी हुने सम्भावना निकै कम थियो ।’

सुत्केरी हुन नसकेपछि बमलाई कर्णाली प्रदेश सरकारको पहलमा हेलिकप्टरको ब्यवस्था गरिएको जनाइएको छ । कर्णालीका विकट जिल्लामा सुविधासम्पन्न स्वास्थ्य संस्था नहुँदा सुरक्षित प्रसुति अभावमा महिलाहरूले ज्यान नै गुमाउनुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस