जनताले साथ दिए सबै त्यागेर फेरि जंगल जान तयार छुु: प्रचण्ड

बैशाख २२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै त्यागेर फेरि जंगल जान तयार रहेको बताएका छन् ।

 

कार्ल मार्क्सको २०१ जन्म स्मृति कार्यक्रममा आइतबार बोल्दै उनले जनताले साथ दिए फेरि जंगल जान तयार रहेको बताएका हुन्।

कार्यक्रममा बोल्दै दाहालले भने ‘आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको छ, पार्टी पनि विशाल छ, तर तपाइँ हामी एक्लै छौं जस्तो भएको छ।’ उनले प्रश्न गरे हामी कता गइरहेका छौं ? पार्टीभित्रको रोदन पोख्दै दाहालले भने ‘पहिला अलि टाढाबाट आएको एउटा साथी भेट्दा गर्वले छाति फुलाउने तपाइँ, हामीहरु अहिले देख्दा पनि नदेखेको झैं गर्ने र बोल्नै नपरेजस्तो गर्न थालेका छाैं।’

‘हिजो लाखौंको बीचबाट काठमाडौं आउँदा जंगल आएजस्तो भएको छ, तर हिजोका दिनमा जंगलमा बस्दा त्यस्तो भएको थिएन्।’

‘अहिले हाम्रो पार्टीमा कम्रेडहरु एकले अर्कोलाई छिर्किने हान्ने गर्नु भा छ, एउटाले अर्कोलाई सिद्याउन खोजे’ दाहालले भने ‘कम्युनिष्ट पार्टीभित्र पनि बदमासीहरु निस्किए।’

प्रतिक्रिया दिनुहोस