दलालहरुले देश बेचिसके, देश र जनताको लागि मर्न तयार छु :रेखा थापा

बैशाख २२, काठमाडौं । नायिका रेखा थापाले बर्तमान सरकार प्रति आक्रोस पोखेकी छन् । राज्यमा बसेकाहरुले देश बेची सकेको जनाउदै, देशभक्त युवाहरु अब सडक आन्दोलनमा आउन आव्हान गर्दै सरकार विरोधी आन्दोलन शुरु भएको घोषणा समेत गरेकी छन् ।

तस्बिर :बानेश्वरमा सम्बोधन गर्दै अभिनेत्री रेखा थापा

नागरिकता वितरण, भ्रष्टाचार, बेथिति र लुटतन्त्रको विरोधमा नेपालका लागि नेपालीद्धारा आयोजित कार्यक्रमलाई बानेश्वरमा सम्बोधन गर्दै अभिनेत्री तथा निर्माता थापाले सरकारलाई च्यालेन्ज दिंदै भनिन् ‘डरको आँखामा यसरी आँखा जुधाएर हेर ताकि डर पनि तिमीसँग डराउन थालोस्।’

‘यो देश,यो सत्ता,यो सिँहदरबार, यो बालुवाटार तिमीहरुको बाउ बाजेको सम्पत्ति होइन। हाम्रो हो।’ भन्दै रेखा थापाले आफू नागरिकको हैसियतमा सडकमा आएको बताउँदैं लुटतन्त्र हटाएरै छाड्ने बताईन । उनले भनिन् “अब युवा जागिसकेको छ, हातमा कलम र कपि लिएर घोकन्ते विद्यामा लिप्त नहुनुस, देश बेचिसकेका छन् यी देशका दलालहरुले। यो मेरो प्रतिबद्धता हो। यो देशको छोरी र नागरिक हुनुको हैसियतले मैले देशको र जुन यो देशका नागरिकले मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु भएको छ त्यसको ऋण तिर्ने बेला आएको छ, म मेरो देश र जनताको लागि मर्न पनि तयार छु ।”

पछिल्लो समय राज्यको गतिबिधि देखि असन्तुष्ट बनेकी नायिका रेखा थापा राज्य प्रति निरन्तर आक्रामक बन्दै आइरहेकी छन् । बिशेषगरि भ्रष्ट्राचारी, दलालीकरण, एनसेल प्रकरण र बैदेशिक रोजगारमा रहेकाहरुको हकहितका लागि संघर्ष गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस