पद बार्गेनिङ्गको विवादले वैद्य र कञ्चनको एकता भाँडिदै

२० साउन,काठमाडौ । वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र कञ्चन समुह बीच हुने भनिएको पार्टी एकता पद बाँडफाँड र नेतृत्वको विषयमा चर्को विवाद हुदा भाँडिने अवस्थामा पुगेको छ ।

वैद्यपक्षले अव हुने पार्टीको एकतामा मुख्य नेतृत्व मोहन वैद्य हुने वताएको छ । यो विषयमा खास्सै विवाद छैन । तर महाधिवेशन पछि वैद्य संरक्षक हुने र सीपी गजुरेल पार्टी अध्यक्ष हुने कुरा वैद्य पक्षको प्रस्ताव आएपछि एकताको विषयमा भाड्भैलो देखिएको छ ।

कञ्चन समुहले वैद्य पछि सीपी नभएर आफ्नो तर्फवाट पार्टीको मुख्य नेतृत्व हुनु पर्ने दावी गरेको छ । अर्को कुरा एकताका लागि अवको केन्द्रीय समिति कसरी वनाउने ? भन्ने विषयमा पनि विवाद देखिएको छ ।

वैद्यपक्षले विप्लव वाट आएका मात्र जति केन्द्रीय सदस्य छन त्यतिलाई केन्द्रीय समितिमा लिन सकिने प्रस्ताव गरेको छ । तर कञ्चन समुहले भने त्यसो नहुने र पछि विस्तार गरिएका सवैलाई केन्द्रीय समितिमा लैजानुपर्ने हठ राखेको छ ।

यो कुरा वैद्यपक्षले अस्वीकार गरेको छ । पदका कारण एकताको हस्ताक्षर गरेको विज्ञप्तिको मसि सुक्न नपाउदै एकता भाँडिने अवस्थामा पुगेको छ ।

वैद्यपक्षले कञ्चन समुहको प्रस्ताव र हठका कारण एकतामा वाधा हुने देखिएको वताएको छ । विप्लव वाट फुटेर जाँदा ११ जना मात्र केन्द्रीय सदस्यहरु लिएर कञ्चन समुह गएको थियो । तर कञ्चन समुह विप्लवले चुनाव प्रयोग गरेको विषयमा असहमति राख्दै फुटेको थियो ।

स्मरणरहोसः २०७४को चुनावमा भने वैद्यको पार्टीले भाग लिएको थियो । वैद्यले भाग लिदा क्रान्तिकारी हुने र विप्लवले चुनावमा भाग लिदा संसदवादी देख्ने कञ्चन समुह स्वयम आफै विचलित समुह भएको राजनैतिक वृतमा चर्चा छ ।

प्रतिक्रिया दिनुहोस