बन्दुक बोक्न बाध्य नबनाउ ः रणदिप

२० साउन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटका सेक्रेटरी रणदिपले बर्तमान सरकारले ३ बुदे सहमति उल्लंघन गरि दमन गरे वन्दुक वोक्न वाध्य हुनुपर्ने चेतावनी दिनु भएको छ ।

उहाँले सरकारले सहमति उल्लंघन गरेर जवर्जस्त नेकपालाई युद्धमा धकेल्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनु भयोे ।
पचालझरना गाउँपालिकामा आयोजित युवा प्रशिक्षण कार्यक्रमलाई विहिवार सम्बोधन गर्दै सेक्रेटरी रणदिपले राज्यले झुठ्ठामुद्दा लगायर नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने र क्रान्तिको गला रेट्ने खेल खेलिरहेकोले यो षडयन्त्र प्रति पार्टी लिडर सचेत रहनुपर्ने बताउनु भयो ।

उहाँले राज्यले युद्ध चाहे पनि आफ्नो पार्टीले शान्ति चाहेको र एकीकृत जनक्रान्तिको कार्यदिशा बाट वैज्ञानिक समाजवादमा पुग्ने ठोकुवा गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस