रास्कोट नगरपालिकाको एकीकृत घुम्ती सेवाले नगरवासीलाई लाभ

२२ पुस,कालिकोट । रास्कोट नगरपालिकाले “हामी बनाउछौ हाम्रो नगर” भन्ने नारा लिएर संचालन गरको एकीकृत घुम्ती सेवावाट नगरवासीहरुले लाभ लिएका छन । यो सेवाले जनतालाई सकरात्मक प्रभाव परेको छ ।

नगरपालिकाले एकीकृत घुम्ती सेवामा मेयर हेल्थ केयर कार्यक्रम वाट गर्भवती चेकजाँच तथा औषधि वितरण,कृषि विकास शाखावाट औषधि तथा विउ विजन वितरण सेवा दिने गरिएको छ ।

यस्तै सामाजिक सुरक्षा तथा पंञ्जिकरण शाखावाट जन्म,मृत्यु वसाईसराई र विवाहका घटना घर आगनमै पुगेर अनलाईनमा दर्ता गर्ने गरिएको छ ।
नगरपालिकाले संचालन गरेको अभियानमा सामाजिक सुरक्षा शाखावाट सामाजिक सुरक्षा भत्ता कार्ड वितरण, पशु सेवा शाखावाट पशुपन्छीहरुलाई औषधि वितरण र आयुवेद शाखावाट आयुर्वेदालय औषधि तथा च्यावनप्रास वितरण जस्ता सेवा पनि दिने गरिएको छ ।

महिनाको एकपटक प्रत्यक वडा तथा टोलहरुमा यो सेवा दिने नगरपालिकाले लक्ष्य लिएको छ । एक महिना अघिवाट सुरु गरिएको यो सेवा वाट सयौ नगरवासीले लाभ लिएका छन ।

हाल सम्म नगरपालिकाका वडा नम्वर ९,१,२ मा सेवा दिएको छ । सुक्रवार मात्र वडा नम्वर ३ कुमालगाउँमा पनि यो सेवा दिएको रास्कोट नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस