दुई मन्त्रीे सहित कांग्रेस कर्णाली सरकारमा सहभागी

२३ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारमा थपिएका कांग्रेसका दुईजना मन्त्रीले शपथ लिनु भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु श्रेष्ठले शपथ लिनु भएको हो ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आईतवार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो । दुवै जना नेपाली कांग्रेसबाट मन्त्री बन्नु भएको हो ।

वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस झण्डै दुई महिनापछि सरकारमा सहभागी भएको हो ।

२०७४ सालयता नेपाली कांग्रेसले कर्णालीबाट पहिलोपटक सत्तारोहण सुरु गरेको छ । पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस