जन्मदिनको अवसरमा विपन्न तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री वितरण

जेठ २३, कालिकोट । आफ्नो जन्मदिनको अवसरमा सामाजिक अभियान्ता वीर तिरूवाले गरिब तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

जिल्लाकाे रास्काेट नगरपालिका ५ का सामाजिक अभियान्ता वीर तिरूवाले आफ्नो ३५ औं जन्मोत्सवको अवसरमा खाँडाचक्र नगरपालिका वडा नम्बर १ मा रहेकाे महादेव आधारभूत विद्यालयका ७ जना अति विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कापी, कलम ज्यामिति लगायतक शैक्षिक सामाग्री वितरण गर्नुभएको हाे ।

पश्चिमा संस्कृतिको अनुसरण गर्दै पछिल्लो समय आफ्नो जन्मदिन लगायतका विभिन्न उत्सवहरुमा महँगो तथा फजुल खर्च गर्ने चलन बढिरहेको बेला तिरूवाले आफ्नो जन्मदिनको अवसरमा चाहना हुँदाहुँदै गरीबी र अन्य समस्याका कारण पढ्ने अवसर नपायका तथा शैक्षिक सामग्रीको जोहो गर्न नसक्नेहरुलाई सहयोग गरेकाे बताउनुभयो।

आफू पनि दलित तथा गरिब समुदायमा जन्मेको र पढाईकाे लागि धेरै संघर्ष गरेको स्मरण गर्दै पढ्ने चाहाना हुँदाहुँदै पनि गरिबीकै कारण कोही व्यक्ति शिक्षाबाट बञ्चित हुन नपरोस् भन्दै आफूले सानो सहयोग गरेको उहाँको भनाइ थियो ।

तिरूवाले आफू ठुलो दुर्घटना बाट बचेर नयाँ जीवन पाएकाे र जन्मदिनकाे अवसरहरुमा विपन्न तथा जेहेन्दार बालबालिकालाई सहयोग गर्न पाउदा खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस