प्रचण्ड खलनायक भएपछि हाम्रो पुस्ताका नायक क. विप्लव हुन: विक्रान्त

हिजो आज प्रचण्डका जुठो पिर्रो खाने, चिप्लेसि गर्ने, नेपाली जनतालाई फेरि पुन जताततै भ्रम फैलाउने अन्धभक्त कम्युनिष्टको खोल ओढेर कमाउनिष्टमा आधारित प्रचण्डका असली पात्र, कार्यकर्ता र आर्थिक प्रलोभनमा लिप्त पत्रकारहरूले सत्ताधारी डबल नेकपाका एक तर्फका अध्यक्ष प्रचण्डलाई महान राष्ट्रबादी नेता, नायक, राजनेता प्रचण्डको गति जहाँ रोकिन्छ त्यहाँ दुर्घटना हुन्छ, विस्पोट हुन्छ भनेर अनलाइन मिडियामा, सामाजिक संजालमा र अन्धभक्त कार्यकर्ताहरुले जनताका अगाडि दुईचार गफ गरेको र दुईचार अक्षर लेखेर भालेकोजुरी जस्तो नाक उचालेको र प्रचण्ड स्वयम् आफुले बोलेको देख्दा मलाई भित्रभित्रै एक अनौठो खालको हासो पैदा भएको छ भने अर्को किसिमबाट गहिरो ध्यान आकर्षण भएको छ ।

हो प्रचण्ड नायक, राष्ट्रबादी, राजनेता, जननेता थिए । नेपाली जनताले बहुमतले सुइकारेर आफ्नो भाग्य र भविष्यका निर्माणकर्ता मानेका थिए । त्यो कुनै समयमा महासयहरुले भन्दा, प्रचार गर्दा, गतिलो तारिफ गर्दा सुहाउँदो मेल खान्थ्यो भने जुन बेला नेपालमा २०४८ सालदेखि जनयुद्धको तयारी सुरु भएको थियो । जुन बेला २०५१ सालमा जनयुद्धको ७ बुँदे प्रतिबद्धतापत्र प्रचण्डले पेश गर्दा । ७ बुँदालाई माओवादी पार्टीले पारित गरेर पार्टीलाई प्रेषित गराएरको थियो । जुन बेला ती ७ ओटा बुँदाले नेपाली जनतालाई जनयुद्धमा हाम फाल्न ठूलो सहयोग पुर्याए र अन्तत २०५२ फागुन १ गते प्रतिक्रियावादी राज्य सत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ भन्ने नारा सहित नेपाली राजनितीलाई हिलाउदै महान जनयुद्ध सुरु गरी प्रचण्डले आफ्नै सत्ता, आफ्नै सेना, आफ्नै जन–अदालत र जनताको जनबादी व्यवस्था निर्माण गर्ने प्रतिबद्धताका साथ २०६३ साल सम्म जनयुद्धले विजयी हासिल गर्दै जादा ८० प्रतिशत भूभागमा नेपालको ढुङ्गो, माटो माओवादी पार्टीका अधिनमा थियो त्यसका नायक प्रचण्ड थिए ।

विडम्बना जनयुद्ध प्रतिक्रान्ति गर्नेमा प्रचण्ड र बावुराम लगायतका विचलनकारी व्यक्तिले र वैदेशिक सिकोका आधारमा काङ्ग्रेस ,एमाले र केही शक्ति लागेर जनयुद्धलाई पुरै ध्वस्त र खरानी बनाएर । हाल जनयुद्ध प्रतिक्रान्ति भएको १० बर्ष भन्दा बेसि नाग्दै गर्दा प्रचण्ड आज जनयुद्धले उपलब्धि प्राप्त गरेका ति सबै ठाँउबाट बिचलित भएर वर्ग संघर्षको बाटो छोडेर वर्ग सम्वनयको बाटोमा लम्केको देख्दा नायक भन्ने कुरा यो सब एउटा दन्ते कथामा मात्र सिमित भयो र प्रचण्डलाई खलनायकको उपनाम दिदा फरक नपर्ला कि?

जनयुद्ध नामक दन्ते कथाका पात्र प्रचण्डले महान जनयुद्धबाट नेपाली जनताले प्राप्त गरेका ति सबै उपलब्धिलाई पैतालामा कुल्चेर निजी सर्त, पद प्रतिष्ठान र कुर्सीकालागि जनतालाई छोडे, सेना बुझाए, सत्ता बुझाएर वर्ग दोस्बन संग अंकमाल गर्न थाले १७ हजार सहिदको बलिदानी माथी, घाइते, अपाङ्ग, बेपत्ता परिवार, सहिद परिवार, संगैका सहयात्री, कार्यकर्ता लगायत सर्वहारा, श्रमजीवी सोझा साझा गरिब जनताको भविष्य माथि खेलवाड गर्न र धोका दिन पनि पछि परेनन् । भने र्बैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक र साँस्कृतिक हिसाबबाट बिचलनकारी कदम चालेर अहिले प्रचण्ड संशोधनवाद, अबसरबाद, आत्मसमर्पणवाद, सुधारबाद, विसर्जनवाद, संसदवादको बाटो रोजेर चौतर्फी पतन भई सकेका प्रचण्ड र बादल प्रचण्डपथ सम्म पुगेका व्यक्ति, २०५९ सालमा एक्काइसौं शताब्दीको नौलो जनवादको सपना देखाउने प्रचण्ड जनबादी गणतन्त्रको चुली उच्लाने प्रचण्ड अहिले आएर २०५८ सालमा आफ्नै टाउकाको मूल्य तोक्ने एमाले, काङ्ग्रेससंग अस्तित्व रक्षाको लागि नाता गास्न पछि परेनन् ।

लोकतान्त्रिक गणतन्त्र नै ठिक छ भन्न पछी परेनन् । अझ भन्नुपर्दा माओ बिचारधारा समेत नमान्ने एमालेको टाग मुनि छिरेर २०५० साल तिर मदन भण्डारीले संश्लेषण गरेको जनताको बहुदलीय जनवादलाई माक्र्सवाद विरोधी बिचार हो । भनेर राजनीतिक खैरो खन्ने प्रचण्ड अहिले आएर मदन भण्डारीकै जबज ठिक रहेछ मैले त्यतिबेला बाटो विराएर जनयुद्ध गरे जंगल पसे भन्न लाज नमान्ने नकचरो व्यक्ति, लखेट्टो पार्टी भित्र गएर दलाल पुजीवादी संसदीय व्यवस्थाको मालिक खलनायक प्रचण्डको भौतिक शरीर जिबित रहेपनि राजनीतिक, बैचारिक सिद्धान्तबाट मरिसकेका छन् ।

अझै भन्ने हो भने एमाले संग पार्टी गठबन्धन गरेर माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका फोटाहरु हटाएर उत्पीडित सर्वहारा श्रमजीवी जनताको नारालाई फेरबदल गरेर मदन भण्डारीको फोटा राखेर माक्र्सवादी विचार र सिद्धान्त माथी छुरा रोप्न पछि परेनन् भने संसदीय व्यवस्थादाई उपयोग गरेर बैचारिक तहबाट केपी र प्रचण्ड जिवित छैनन् । यिनीहरू पुजिपतीका मालिकहरु वैदेशिक रिमोटहरु वर्तमान सरकारको आटमा बसेर विभिन्न काण्ड घटाउन पनि पछि परेका छैनन् भने विप्लवले आफुहरुलाई मार्ने योजना बनाए भन्ने मिथ्या अफवाह फैलाएर कर नतिर्ने एनसिएल कम्पनीको पक्षपोषण गरेर विद्रोही नेकपाले जनताका अगाडि लोक प्रियता कमाउदै जादा आफू पंगो हुन्छौ भनी डराएर २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाउन पछी नपरेका केपी, प्रचण्ड र वादल लगायत वर्तमान सरकारका भुसुनाहरु क्रूर भएर प्रशासनलाई खुन्याएका छन भने १ महिनामै सखाप पार्छु भन्ने केपी ओलीको बकवास काममा नभएर बोलीमा सिमित भै हिजोआज २ ओटा अध्यादेश पारित गर्न खोजेर फिर्ता लिन बाध्य भई आफ्नै पत्तासाप भएको छ भने यो सब असफलता व्यक्तिको नभएर संसदीय व्यवस्थाको उपज हो ।

अहिले विद्रोही नेकपाका १ हजार भन्दा बढी नेता, कार्यकर्ताहरुलाई गिरप्तार गरेर अदालतले कैयौं पटक फैसला गरेर रिहाइ हुदा पनि पुन प्रशासनलाई गिरप्तार गर्ने आदेश दिने कमरेड कुमार पौडेलको हत्यामा संलग्न केपी, प्रचण्ड र बादल जस्ता गिरोहको भविष्यमाथी यस्ता काम र कार्यले राम्रो संज्ञा दिदैन ।

अब हाम्रो पुस्ताका नायक भनेका महासचिव “विप्लव“ नै हुन । उहाँ अहिले वर्ग संघर्षको बाटोमा हुनुहुन्छ । उहाँले एकिकृत जनक्रान्तिको कार्य्दिशाबाट बैज्ञानिक समाजबाद र विश्व साम्यवादको परिकल्पना गर्नुभएको छ । उहाँसंग आफ्नै जनमुक्ति सेना छन । आफ्नै सत्ता छ । आफ्नै जन–अदालत, जनताको राम्रो साथ समर्थन पाएका छन् । उच्च प्रविधिको विकास गर्नुका साथै प्रयोग गर्नुभएको छ । राष्ट्रिय स्वाधीनताको मुर्दा उठाउनु भएको छ । जनताका जनजिवीकाको पक्षमा चिन्ता गर्नुभएको छ । बैचारिक, राजनीतिक र सांगठनिक तहबाट उच्च हुनुहुन्छ । अब हाम्रो पुस्ताका नायक भनेका आदरणीय कमरेड नेत्र विक्रम चन्द “विप्लव” हुन । उहाको विचारलाई हामी सबैले आत्मसात गरेर अगाडि बढ्नुपर्छ । उहाले अहिलेको समय सन्दर्भ अनुसार र विश्वको र देश भित्रको वस्तु स्थिति हेरेर एकीकृत जनक्रान्तिको नयाँ कार्य्दिशाको संश्लेषण गर्नु भएको छ । उक्त कार्य्दिशालाई नेपाल कम्युनिष्ट पार्टीको ८ औँ महाधिवेशनबाट पारित गर्नु भएको हो । एकीकृत जनक्रान्तिको बारेमा तपाईं हामीले अध्यान गर्नु पर्दा म केही प्रष्ट गर्न चाहान्छु ।

हामीले नेपाली क्रान्तिलाई एकीकृत जनक्रान्तिको कार्य्दिशाद्वारा पूरा गर्ने भनेका छौं । किन ? किन हामीले विद्रोह वा जनयुद्धमध्ये भनेनौ ? के विद्रोह वा जनयुद्ध भनेर गल्ती हुन्छ ? हाम्रो विचारमा नेपाली विशेषताहरुले गर्दा नेपाली क्रान्तिको कार्य्दिशालाई एकीकृत जनक्रान्तिको कार्य्दिशा भन्नू वस्तुवादी हुन्छ ? यस कार्य्दिशाको विषयमा भन्नु पर्दा पहिला रुस एक पुँजीवादी देश थियो । रुसको राजनीतिक एवम् आर्थिक अन्तरविरोध मालिक वर्ग र तिनको संरक्षण जार शाही र मजदुर वर्गका बिचमा थियो । रुसका सहरहरु नै क्रान्तिका केन्द्र थिए भने, क्रान्तिको आधारशक्ति मजदुर वर्ग थियो । यता चिनमा राजनीतिक एवम् आर्थिक अन्तरविरोध एक बेला जापानी साम्राज्यवाद र देशभक्त किसानका विचमा र अर्को बेला किसान र सामन्तवादी राज्यसत्तासंग थियो । चिनमा क्रान्तिको केन्द्र गाउँ थियो । क्रान्तिको आधारशक्ति किसान थिए। तर आज नेपालको स्थितिलाई वस्तुवादी प्रकारले विश्लेषण गर्यौँ भने स्पष्ट हुन्छ । यो न रुसको जस्तो विशेषतामा छ । नत चीनको जस्तो विशेषतामै छ । रुसका जस्ता सहरहरू सर्वहारावर्गीय आन्दोलनका केन्द्र छैनन् ।

नेपालका सहरहरू मजदुर वर्गीय नभई मध्यम वर्गीय चरित्रका छन् । किनकि नेपालका सहरहरूको चरित्र नै औद्योगिक खालका नभई प्रशासकीय, व्यापारी, आवासीय प्रकृतिका छन् । अर्को तर्फ न नेपालको अबस्था ७१ बर्ष पहिलेको जस्तो गाउँ नै गाउँ र किसानै किसानले भरिएको चिनको जस्तो छ । भन्ने नै हो भने चिनमा माओले दिर्घकालीन जनयुद्धको सिद्धान्त अगाडि सार्दा विश्वका ८० प्रतिशतभन्दा बढी देशमा सामन्तवादी हैकम थियो जब कि आज नगण्य देशमा मात्र सामन्तवादको समस्या होला । नेपाल अहिले रुस र चीन दुवैको हुबहु स्थितिमा छैन । नेपालका आफ्नै विशेषताहरु छन । जो आजको भूमण्डलीकृत विश्व राजनीति र नेपालमा विकास भैरहेको राजनीति एवम् आर्थिक उत्पादन सम्बन्धले गर्दा पैदा हुन पगेका छन् । तिनलाई हामिले गहिरो गरि नबुझेसम्म र आत्मसाथ नगरेसम्म नेपाली क्रान्तिलाई पार लगाउन सकिने छैन । ती विशेषता नेपालका मौलिक बिशेषता हुन भने ती निम्न अनुसार ,रहेका छन् ।

१) सानो र भुपरिवेष्ठित अबस्था २) गाउँ र सहरको निकट सम्बन्ध ३) मध्यम वर्गको विकास ४) जाति, जनजाति र दलित जातिको बसोबास ५) दलाल पुँजीवादको प्रभुत्व ६) देशभक्त शक्तिको प्रभाव ७) उच्च प्रविधिको विकास यी नेपालका मौलिक बिशेषता संग एकीकृत जनक्रान्तिको कार्य्दिशा मेल खाने भएकाले महासचिव कमरेड विप्लवले यस कार्य्दिशालाई सशस्त्र तरिकाबाट अगाडि बढाउनु भएको छ । भने एकीकृत जनक्रान्तिको कार्य्दिशाबाट दलाल पुजीवादी संसदीय व्यवस्थाको धुलो चटाई जनताको जनवादी व्यवस्था र बैज्ञानिक समाजवादी व्यवस्था नेपालमा स्थापना गर्न सकिन्छ र हाम्रो पुस्ताले गर्न सक्नुपर्छ ।

वर्तमान दलाल सरकार हाम्रो विचार र सिद्धान्तका अगाडि टिक्न सक्ने कुनै औकात देखिदैन । हामिले गर्न खोजेको कुनै युद्ध हैन आमूल परिवर्तन हो । हामीले बदल्न खोजेको व्यवस्था हो जुन यो दलाल पुजीवादी संसदीय व्यवस्थाको विकल्प न्याय, समनाता सहितको बैज्ञानिक समाजवादी व्यवस्थालाई रक्षा संगैको विकास गर्नु, हाम्रो पुस्ताको जिम्मेवारी र कर्तव्य हो । जवसम्म महासचिव कमरेड विप्लवका गदमहरु रोकिदैनन् । तब सम्म हाम्रा पुस्ताका जनताका नायक नै हुनेछन् । अब देशको क्रान्तिको भार हाम्रो पुस्ताले वहन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस