कालिकोट । कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध भएको छ । राजमार्ग अबरुद्ध भएपछि सवारी साधनहरू बीच बाटोमा रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाँउमा पहिरो जाँदा अवरुद्ध राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।
राजमार्गको कालीकोट खण्डमा चार ठाउँमा पहिरो गएको छ । पहिरो पन्छाउन बाँकी रहेकाले आइतबार बिहानसम्म पनि राजमार्ग सञ्चालन हुन नसकेको हो ।
कालीकोटको शुभकालिका गाउँपालिका–१, गगने खोला, दहीखोला, एसमोड,तिलगुफा नगरपालिका –६, टिमुरे र हुल्ममा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अहिलेसम्म कर्णालीमा मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।