पक्राउ पुर्जी जारी गर्ने कुराको कुनै औचित्य छैन ः एमाले सांसद ज्ञवाली

२२ साउन,काठमाडौं । नेकपा एमालेका सांसद प्रदिप ज्ञवालीले विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई पक्राउ पुर्जी जारी गर्ने कुराको कुनै औचित्य नभएको वताउनु भएको छ ।

उहाँले आइतबार प्रतिनिधिसभाको बैठकमा वोल्दै ‘पक्राउ पुर्जी जारी गरेर बम पड्काउन जाउँ भन्न खोजिएको त होइन ? भन्दै सरकारको कडा शव्दमा विरोध गर्नु भयो ।

सांसद ज्ञवालीले बढो महत्व र मिहिनेतका साथ शान्तिपूर्ण बाटोमा नेकपालाई ल्याएकोमा धन्यवाद दिनुको साटो पक्राउ पुर्जी जारी गर्ने कुरा गलत भएको वताउनु भयो ।

सांसद ज्ञवालीले पक्राउ पुर्जी जारी गरेर सरकारले चुनावमा बुथ क्याप्चर गर्ने योजना त बनाइरहेको छैन भन्दै प्रति प्रश्न गर्नु भयो ।

उहाँले भन्नु भयो ‘सरकारलाई कतै यो लागिरहेको छ, चुनावका बेलामा दुईचार ठाउँ बम पड्काएर विप्लवको थाप्लोमा हालेर बुथ क्याप्चर गर्नका लागि त होइन’ ?

 

प्रतिक्रिया दिनुहोस