२१ कार्तिक,कालिकोट । रास्कोट नगरपालिकाले भूकम्प प्रभावित जिल्लामा राहत र पुनःस्र्थापनाका लागि २ लाख सहयोग दिने घोषणा गरेको छ ।
नगरप्रमुख धर्मराज शाहीले मंगलबार एक प्रेश विज्ञप्ति जारी गरी भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा राहत र पुनःस्र्थापनाका लागि सहयोग गर्ने घोषणा गर्नु भएको हो ।
नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भूकम्प प्रभावित जिल्लाहरुका पीडितका लागि कुल २ लाख २२ हजार २२ रुपैया आर्थिक सहयोग गरिने उल्लेख गरिएको छ ।
नगरपालिकाले भूकम्पले सबैलाई दुखि तुल्याएको भन्दै भूकम्पपछिको जनजीवनलाई सामान्य बनाउनका निम्ति संघीय सरकार, प्रदेश सरकार लगायत विभिन्न संघसंस्था अभियानकर्ताहरुले आआफ्नो स्तरबाट उद्दार, राहत तथा पुनःस्र्थापना कार्यमा जुटिरहेको बेला नगरले सहयोग गर्नु कर्तब्य भएको विज्ञप्तिमा भनिएको छ ।
जारी विज्ञप्तिमा भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।
यस्तै नगरसरकारले घाइतेहरुको उपचारमा कुनै कमी नहोस् भन्ने तर्फ जोड दिदै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।