एमसीसी कुनै पनि हालतमा खारेज गर्नुपर्छ ः राजनीतिक तथा प्राज्ञिक व्यक्तित्वहरु

२४ पुस,नेपालगंज । एमसीसी सम्झौता नेपालको लागि राष्ट्रघाती सम्झौता भएको र यसलाई कुनै पनि हालतमा खारेज गर्नुपर्ने राजनीतिक तथा प्राज्ञिक व्यक्तित्वहरुले वताएका छन ।

शनिवार नेपालगंजमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागले आयोजना गरेको ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रमका वोल्ने राजनीतिक तथा प्राज्ञिक क्षेत्रका वक्ताहरुले यो सम्झौता नेपालको हित विरुद्ध भएको वताएका हुन ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख प्रवक्ता नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा विदेश विभाग इन्चार्ज धर्मेन्द्र वास्तोला (कंचन)ले पूजीवाद भनेको सैतानका वङगाराको विउ छर्ने व्यवस्था भएको भन्दै एमसीसी पनि त्यसकै उपच भएको टिप्पणी गर्नु भयो ।

नेता कंचनले एमसीसी सम्झौता नेपालको लागि राष्ट्रघाती भएको र कुनै पनि हिसाववाट राम्रो हुन नसक्ने भन्दै माथि एमसीसी र भित्र ५५ अर्व अनुदान मात्र लेखेर दिएपनि यो स्वीकार गर्न नहुने वताउनु भयो ।

उहाँले एमसीसीका ८ धारा, ४० वटा खण्ड र ८० वढि उपखण्ड भएको उल्लेख गर्दै यसलाई नेपालको संविधान माथि राखेर चीनलाई घेरावन्दी गर्न नेपाल सैन्य परेड स्थल वनाउने दाउमा अमेरिका रहेको आरोप लगाउनु भयो ।

नेता कंचनले एमसीसीका वुदावारे प्रष्ट पार्दै भन्नु भयो “एमसीसीका वुदा संग नेपालको कानून वाँझिएमा नेपालको कानून निस्कृय हुनेछ,वौद्धिक सम्पनि अमेरिकी सम्पति मानिनेछ, एमसीसीमा काम गर्ने कर्मचारीको नागरिकता पासपोर्ट चेकजाँच गर्न पाईनेछैन, एमसीएको रक्षा एमसीसी आफैले गर्नेछ , एमसीसीको नोक्सान नेपालले तिर्नुपर्नेछ, एमसीसी अमेरिकाले वन्द गर्न चाहे एकै पटक वन्द गर्न सकिनेछ तर नेपालले चाहेमा वन्द हुनेछैन,यो संसदवाट पास गर्नु पर्नेछ ।” जस्ता प्रावधान राखिएका छन । उहाँले भन्नु भयो के यो कुरा राष्ट्रवादी भन्न सकिन्छ ? नेता कंचनले एमसीसी नेपालवाट खारेज गर्नुको अर्को कुनै पनि विकल्प नभएको वताउनु भयो ।

नेता कंचनले भन्नु भयो ‘सवैलाई समान अवसर,समान सम्पतिको अधिकार र समान स्वतन्त्रता नै लोकतन्त्र हो तर यसको ठिक उल्टो अमेरिकाले लोकतन्त्रको उपहास गरेको छ ।’ अमेरिका लोकतन्त्रवादी होइन यो आतंकवाद उत्पादन गर्ने नाईके हो उहाँले भन्नु भयो ।
विश्वमा अहिले अमेरिकी लोकतन्त्रको धज्जी उडेको भन्दै उहाँले पूँजीवादी व्यवस्था टिकाउन अमेरिकाले आफ्नो मुख्य उत्पादन हतियार वनाएको र इराक,अफगानिस्तान लगायतका देशहरुमा युद्ध थोपरेर आफ्नो व्यापार गरेको वताउनु भयो ।

अन्तरक्रियामा नेकपाका केन्द्रीय सदस्य दिपकले एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता विरुद्धको हतियार भएको वताउनु भयो । उहाँले यसलाई खारेज गर्न भौतिक तागत र वौद्धिक तागत विचको एकता आवश्यक भएको वताउनु भयो ।

 

अन्तरक्रियामा एमसीसी र अमेरिकी लोकतन्त्रवारे आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नेकपाका विदेश विभाग सदस्य तथा अन्तराष्ट्रिय प्रशिक्षक नरवहादुर कार्कीले एमसीसी अमेरिकी सैन्य रणनीति इन्डोप्यासेफिकको अभिन्न अंग भएको वताउनु भयो ।

नेकपा क्रान्तिकारी माओवादीका लुम्विनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले एमसीसी विकास नभएर विनासको रुपमा आएको टिप्पणी गर्नु भयो ।
प्राध्यापक जनार्धन शर्माले एमसीसी नेपालको लागि काउछो भएको भन्दै यसलाई हटाउनु पर्ने वताउनु भयो ।

अमेरिकी प्रतिनिधिहरुले नै एमसीसीको रकम अनुदान नभएको र लगानी भएको भनिरहदा पनि नेपालका दलालहरु अनुदान पनि कराइरहेकोमा आश्चार्य व्यक्त गर्नु भयो ।
अर्का प्राध्यापक हरि पोख्रेरेले एमसीसीका धेरै जसो सम्झौताहरु गुपचुप राखिएको भन्दै जति वाहिर आएका छ ती राष्ट्रियहित विरुद्धका प्रशस्त डकुमेन्टको आधार आएका छन भन्नु भयो ।

प्राध्यापक कमानसिंह वोहोराले ज्ञानेन्द्र वहादुर कार्की र युवराज खतिवडाले एमसीसीका डकुमेन्टहरुमा हस्ताक्षर गरेर सवै भन्दा ठुलो राष्ट्रघात गरेको टिप्पणी भयो ।

प्राध्यापक नरेन्द्र स्वाँरले नेपाली गरिव नभएको भन्दै अमेरिकाले नेपाललाई गरिव जस्तो वनाएर आफ्नो स्वार्थमा एमसीसी नेपालमा ल्याएको वताउनु भयो ।
वरिष्ठ पत्रकार झलक गैरेले नेपालका राजनीतिक दलको स्तर कमजोर भएको र एमसीसीलाई गुमराहमा राखेर राष्ट्रघात गर्न खोजेको जिकिर गर्नु भयो ।
कार्यक्रममा वास संस्थाका मोहन भण्डारीले यसका फाईदा र वेफाईदाका वारे जनतामा स्पष्ट पार्नुपर्ने वताउनु भयो । कार्यक्रममा विभिन्न क्षेत्रका राजनीतिज्ञ,प्राज्ञिक तथा वौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
नेकपाका अन्तराष्ट्रिय विभाग सदस्य नरवहादर कार्कीको अध्यक्षतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस