२४ साउन, कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले सरकार र आफ्नो पार्टी विच भएको तीन वुदे सहमति कार्यन्वयमा ढिलाई गरेको भन्दै आईतवार जिल्लाभर जनप्रदर्शन गरेको छ ।
नेकपाले आफ्नो पार्टीले इमान्दारीतापूर्वक तीन वुदे सहमतिको कार्यन्वय गरेपनि सरकारले वेइमान गरेको आरोप लगाएको छ । उसले आफ्नो पार्टीका केन्द्रीय सदस्य रणवीर लगायतका नेता कार्यकर्ता अझै रिहा नगरेकोमा आपत्ती जनाउदै यथाशिघ्र रिहा गर्न माग गरेको छ ।
नेकपाले एकैदिन जिल्लाको शान्नी त्रिबेणी गाउँपालिका,रास्कोट नगरपालिका,पलाँता गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा विरोध प्रर्दशन गरेको हो ।
नेकपाले फागुन २१ भएको ३ बुदे सहमति कार्यन्वयन गरिनु पर्ने , केन्द्रीय सदस्य क रणबिर लगायतका नेता तथा कार्यकर्ता रिहा गरिनु पर्ने र झुठ्ठा मुद्दा खारेजी हुनु पर्ने माग राखि जनप्रदर्शन गरेको जनाएको छ
जिल्लाको राष्कोट नगरपालिकाको आरसिपी बजारमा गरिएको प्रदर्शन पछिको कोणसभालाई जिल्ला कमिटिका सल्लाहाकार समितिका संयोजक छत्र ब बम र जिल्ला कमिटी सदस्य निर्देशनले सम्बोधन गर्दै सरकार जुन भएपनि तीन वुदे सहमति कार्यन्वय हुनु पर्ने माग गर्नु भयो ।
शान्नी त्रिबेणीमा भएको प्रदर्शन पछिको कोण सभालाई जिल्ला कमिटी सदस्य सितल ,गाउकमिटी ईन्चार्ज अरिकल र युवा संगठनका अध्यक्ष गोबिन्द्र बुढाले सम्बोधन गर्दै तीन वुदे सहमतिमा सरकारले धोका दिएको टिप्पणी गर्नु भएको छ ।
नरहरीनाथ गाउँपालिकामा भएको विरोध प्रदर्शन पछिको कोण सभालाई सम्वोधन गर्दै अखिल क्रान्तिकारी कालिकोटका अध्यक्ष धनराजले वोल्दै शान्ती प्रक्रिया मार्फत जनमतसंग्रह वाट वैज्ञानिक समाजवादमा पुग्ने लक्ष्य सहित पार्टी वार्तामा आएको भन्दै यसलाई कमजोरीको रुपमा नलिन सरकारलाई चेतावनी दिनु भयो ।