अवैध ढुंगा,गिट्टी वालुवा जनताको सम्पति घोषणा गर्न नेकपा वाँकेको माग

वेवास्ता गरिए कडा कार्वाही गर्ने चेतावनी

२४ साउन, वाँके । अवैध ढुंगा,गिट्टी वालुवा जनताको सम्पति घोषणा गर्न नेकपा वाँकेले माग गरेको छ । नेकपाले अवैध रुपमा जम्मा गर्ने र निकासी पैठारी गर्ने माथि पनि शसक्त कार्वावाही गर्ने चेतावनी दिएको छ ।

जिल्लाको राप्ती नदि किनार र केही खोलाहरुमा अवैध रुपमा ढुंगा, गिट्टी वालुवाहरुको टेन्डर भन्दा वढि जम्मा गर्ने र निकासी पैठारी गर्ने गरेको भन्दै नेकपा वाँकेले शसक्त कार्वाही गर्ने चेतावनी दिएको हो ।

नेकपाले आईतवार वाँकेको कोहपुरमा पत्रकार भेटघाटको आयोजना गरि जिल्लाका सवै सरोकारवालाहरु संग यसको लागि सहयोग गर्न आग्रह गरेको छ ।

नेकपाका वाँके जिल्ला इन्चार्ज उदय वहादुर चलाउने (दिपक) ले पत्रकारहरुको जिज्ञासाहरुको जवाफ दिदै अवैध रुपमा नदि किनारमा जम्मा गरि रखिएका ढुंगा, गिट्टी वालुवाहरुको निगरानी र अनुसन्धान गरेर जिल्ला प्रशासन,जिल्ला समन्वय समिति लगायतका सरोकारवाला निकायहरुको सहयोग लिएर कार्वाही गर्ने वताउनु भएको छ ।

उहाँले टेन्डर भन्दा माथि अत्यधिक रुपमा ढुंगा,गिट्टी वालुवाहरुको नदि आसपासका क्षेत्रहरुमा जम्मा गरिएकोले सर्वपक्षीय समिति वनाई छानविन गर्नु पर्ने वताउनु भयो ।

सरोकारवालाहरु संग अनुरोध गर्दा पनि वेवास्ता गरिए पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गर्दै आफै कडा कार्वाहीको कदम चाल्ने चेतावनी दिनु भयो ।

पत्रकार भेटघाटमा जिल्ला सेक्रटरी अनिलले पार्टीको तर्फवाट प्रेस विज्ञप्ती सार्वजनिक गर्दै सत्ता र शक्तिको वलमा खोला किनार वरिपरि जम्मा गरि राखिएको सम्पूर्ण ढुंगा, गिट्टी र वालुवा अविलम्व जनताको सम्पति घोषणा गर्न राप्तीसोनारी गाउँपालीका संग माग गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस