संसदीय चुनाव होइन, जनमतसंग्रहको चुनाव गर ः वास्तोला

२५ पुस,वाँके । विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला (कंचन)ले संसदीय व्यवस्थाको चुनाव नभएर वैज्ञानिक समाजवादका लागि जनमतसंग्रहको चुनाव गर्नुपर्ने वताउनु भएको छ ।

जनपत्रकार संगठन नेपाल जिल्ला समिति वाँकेको आयोजनामा आईतवार नेपालगंजमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता कंचनले संसदीय व्यवस्थाको अर्थव्यवस्था पुरै असफल भएको भन्दै वैज्ञानिक समाजवाद अनिर्वाय भएको वताउनु भयो । उहाँले नेपालमा जनमतसंग्रहको चुनाववाट राज्यसंचरचना वदल्नुपर्ने धारणा राख्नु भयो ।

उहाँले राज्य व्यवस्था असफल भएका वेला नेपालमा एमसीसीको विषय उठाएर राष्ट्र असफल वनाउने तिर साम्रज्यवादीहरु लागेको आरोप पनि लगाउनु भयो । एमसीसी नेपालवाट खारेज गर्नुको विकल्प नभएको भन्दै नेता कंचनले ठुलो कमिशनको खेलमा केही पत्रकार,केही राजनीतिक दलका नेता र केही वुद्धिजीवी भन्नेहरुलाई किनेर एमसीसीकोे पक्षमा वोल्न वाध्य पारिएको खुलासा गर्नु भयो ।

उहाँले भन्नु भयो “संसदवादी पार्टीहरुका लागि ५ अर्व,पत्रकारको लागि अढाईसय अर्व र वुद्धिजीवी भन्नेको लागि अढाई सय अर्व पैसा छुट्याईएको खवर पाएका छौ । जसले गर्दा केही मानिसहरु पहिले एमसीसीको विरोध गथ्र्ये भने अहिले पक्षपोषण गरिरेका छन ।” उहाँले देशमा एमसीसी कार्यान्वय भए सैन्य अखडा अमेरिकाको हुने र नेपाली भन्ने अवस्था नहुने जिकिर गर्नु भयो ।

पत्रकार भेटघाटमा नेकपाका केन्द्रीय सदस्य दिपकले आफ्नो पार्टीले स्वस्फुर्त सहायोग लिने गरेको भएपनि चन्दा आतंक नफैलाएको र आफ्नो नाममा केही चन्दा उठाउने गिरोह लागेको खुलासा गर्नु भयो । जनपत्रकार संगठन वाँकेका अध्यक्ष कमल प्रसाद अधिकारीको अध्यक्षता र संचालनमा कार्यक्रम भएको थियो । पत्रकार भेटघाटमा जिल्ला भरका क्रियाशिल पत्रकारकाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस