२७ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा वावुराम भट्टराईले नेकपा ठूलो शक्ति भए पनि उसको भन्दा कांग्रेसको लोकतान्त्रिक छवि भएको वताउनु भएको छ । अनलाईन संंचार माध्यम संगको कुराकानीमा नेता भट्टराईले कांग्रेसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले पनि विश्वास गर्ने दावी गर्नु भयो । उहाँले केपी ओलीको कदमका विरुद्ध संयुक्त ढंगले आन्दोलन उठाउन कांग्रेसले नेतृत्व लिनुपर्छ भन्नु भयो ।
नेता भट्टराईले भन्नु भयो , रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायत नेतासँग कुराकानी गरे रामचन्द्रजी र सिटौलाजीलाई आन्दोलनप्रति सकारात्मक नै पाएँ, शेरबहादुरजी भने पर्खौं भन्नेमा हुनुहुन्छ ।
केशरजंग रायमाझी प्रवृत्ति बोकेर महेन्द्रपथमा हिँडेका केपी ओलीसँग प्रचण्डले निर्णायक रूपमा सम्बन्धविच्छेद गर्नुभएन भने कम्युनिस्ट नाम राख्नुको पनि अर्थ नरहने भन्दै उहाँले उहाँहरूको सम्बन्ध राजनीतिक रूपमा टाढिएपनि कानुनी ढंगले स्पष्ट भएको छैन भन्नु भयो ।
उहाले संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतको विरोधी कित्ताका मान्छे ओली संग आफुले पार्टी एकता गर्नु घातक हुन्छ भनेर पटक–पटकभन्दा पनि प्रचण्डले नमानेको खुलासा गर्नु भयो ।